• TOKHA LIVE

    • २ आश्विन २०७७, शुक्रबार ०९:२८

    तारकेश्वरमा कोरोना संक्रमितको संख्या ३२८ पुग्यो, निको हुनेको संख्या १०८, १९ जना थपिए:-

    टाेखा लाइभ असोज २, काठमाडौं ।

    तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ३२८ पुगेको छ।तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा १५१ महिला र १७७ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ५१ महिला र ५७ पुरुष गरी १०८ जना रहेका छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला १०० र पुरुष ११८ जना गरी २१८ जना पुगेका छन् ।

    त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १० जना पुगेको छ निको हुनेको संख्या ३ जना, वडा नं. २ मा १४ जना ५ जना निको भइसकेका छन् । वडा नं. ३ मा ७ जना जसमा १ जना निको भएका छन् । वडा नं. ४ मा २५ जना जसमा १३ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ३४ जना जसमा १४ जना निको भएका छन् ।

    वडा नं. ६ मा २० जनामा कोारेना संक्रमण देखिएको छ । वडा नं. ७ मा आज ८७ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं. ८ मा ३३ जना १३ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ३७ जना र निको हुनेको संख्या १० पुगेको छ । वडा नं. १० मा ९० जना जसमा ३४ जना निको भएका छन् ।

    वडा नं. ११ मा ५० जना १५ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ७ महिला र १२ पुरुषमा कोरोना पुष्टि भएको छ । तारकेश्वर नगरपालिकामा १२१५ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा १६८ जना होम आइसोलेसनमा बसेका छन् ।

    अस्पतालको आइसोलेसनमा २४ जना रहेका छन् । कोभिड सेन्टरमा २३ जना रहेका छन् । होटल आइसोलेसनमा २ जना र १ जना अन्य स्थानमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट १२५ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।–फरकपत्रबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै