तारकेश्वरमा पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएर मृत्यु हुनेको संख्या २ पुगेको छ ।
सुशान्त न्यौपाने
२८ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २६० पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा १२० महिला र १४० पुरुष रहेका छन् । निको हुनेहरुको संख्या ३४ महिला र ३६ पुरुष गरी ७० जना रहेका छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ८६ र पुरुष १०२ जना गरी १८८ जना पुगेका छन् ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ८ जना पुगेको छ निको हुनेको संख्या ३ जना, वडा नं. २ मा १३ जना ३ जना निको भइसकेका छन् । वडा नं. ३ मा ७ जना, वडा नं. ४ मा २४ जना जसमा ६ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा १९ जना जसमा १४ जना निको भएका छन् ।
वडा नं. ६ मा १६ जनामा कोारेना संक्रमण देखिएको छ । वडा नं. ७ मा आज ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वडा नं. ८ मा २५ जना ६ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ३० जना र निको हुनेको संख्या ४ पुगेको छ । वडा नं. १० मा ७३ जना जसमा २३ जना निको भएका छन् ।
वडा नं. ११ मा ४२ जना ११ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ५ महिला र ४ पुरुषमा कोरोना पुष्टि भएको छ । तारकेश्वर नगरपालिकामा ११२४ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा १३२ जना होम आइसोलेसनमा बसेका छन् ।
अस्पतालको आइसोलेसनमा ३३ जना रहेका छन् । कोभिड सेन्टरमा २१ जना रहेका छन् । होटल आइसोलेसनमा १ जना र १ जना अन्य स्थानमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट १०४ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।

