• TOKHA LIVE

    • २५ भाद्र २०७७, बिहीबार १३:२३

    तारकेश्वर नगरपालिकामा संक्रमित संख्या २ सय २३ पुग्यो:-

    टाेखा लाइभ ,भाद्र २५ काठमाडौं

    तारकेश्वर नगरपालिकामा बुधबार एकैदिन कोरोना संक्रमित २० जना थपिए संगै कोरोना संक्रमित संख्या २ सय २३ पुगेको छ।

    तारकेश्वर नगरपालिकाको मनमैजु–१० मा ६० र सबैभन्दा कम फुटुङ– ७ मा २ जनामा कोरोना फैलिएको छ। त्यस्तै, नेपालटार–११ मा ३५, मनमैजु–८ मा २४, गोलढुङ्गा–४ मा २२, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २७, काभ्रेस्थली–२ मा १४, जितपुरफेदी–३ मा ७, साङ्ला–१ मा ६ र धर्मस्थली–६ मा ८ जनामा कोरोना संक्रमण फैलिएको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

    संक्रमितमध्ये १ सय १० जना होम आइसालेसन, ३० जना अस्पताल आइसोलेसन, २५ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेको जानकारी दिदै स्वास्थ्य शाखा प्रमुख जनार्दन अधिकारीले हालसम्म ५५ जनाले कोरोनालाई जितेको बताएका छन ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै