• TOKHA LIVE

    • २९ श्रावण २०७७, बिहीबार १३:५९

    धार्मिक पर्यटनको केन्द्र बन्दै तारकेश्वर शान्तिधाम:-

    मेनुका कार्की/रन्जिता बिस्वकर्मा

    टाेखा लाइभ,श्रावण २९ काठमाडौं:
    तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीमा रहेको तारकेश्वर शान्तिधाम धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ। विसं २०७५ साल वैशाख ७ गते शान्ति धामको स्थापना भएको बृहत् शान्तिधाम नेपालले २०६८ मा दर्ता भई हालसम्म विविध धार्मिक तथा सामाजिक कार्य गर्दै आएको छ ।

    विभिन्न क्षेत्रमा सत्संग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दु धर्मालम्बीहरुका दर्शनीय धार्मिक स्थल चारधाम निर्माण गर्ने क्रममा सर्वप्रथम सत्ययुग भगवान श्री बद्रीनारायणको मन्दिर २०७३ साल निर्जला एकादशीमा सिलान्यास भई २०७५ रामनवमीमा उद्घाटन गरिएको थियो। उक्त श्री बद्रि नारायणको भव्य मन्दिर र सुन्दर गाेपुरको समुदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

    नेपालको इतिहासमा पहिलो पटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला ,वृद्धाश्रम ,अनाथालय, बाचनलय , भोजनालय , सांगीतिक हल साथै सुन्दर मुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा विशेष एकादशीमा ठूलो मेला लाग्ने गर्दछ।

    आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा “शिक्षा ,सेवा र साधना “यो शान्ति धाम को मूल वाक्य लाई पूर्णता दिन वैदिक दर्शनका विविध विधा जस्तै : वेद ,कर्म, काण्ड ब्यकारण, जोतिष ,न्याय वेदान्त आयुर्वेद ,योग , साहित्य ,कला काव्य आदिको पठन पाठन गरिनेछ।

    (मेनुका कार्की र रन्जिता बिस्वकर्मा सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशीक्षार्थी पत्रकार हुन्)

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै