• TOKHA LIVE

    • १ कार्तिक २०८२, शुक्रबार ०९:१०

    काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि सुरु

     

    काठमाडौँ, ३१ असोज /
    नेपालमा पहिलोपटक ‘काठमाडौँ हरर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ। आगामी कात्तिक १४ देखि १६ गतेसम्म चल्ने यस महोत्सवमा १५ देशका २५ उत्कृष्ट हरर, फ्यान्टेसी र लोककथा–आधारित चलचित्रहरू प्रदर्शन गरिनेछन्।

    हेलोविन डे (अक्टोबर ३१)’ को अवसर पारेर आयोजना गर्न लागिएको यो महोत्सवले अन्तर्राष्ट्रियस्तरका डरलाग्दा र रहस्यमय कथाहरूको अनुभव नेपाली दर्शकसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

    आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार,“नेपालमा केही फरक गरौँ भनेर हामीले सुरुआत गरेका हौँ। यो महोत्सव रहस्यमय कथा मन पराउने दर्शकका लागि विशेष हुनेछ।”

    विश्वभरबाट प्राप्त एक सयभन्दा बढी चलचित्रमध्येबाट गुणस्तर र विविधताका आधारमा छनोट समितिले २५ चलचित्र चयन गरेको उनले बताए।

    नेपाली लोककथा र संस्कृतिसँग जोडिएका तत्त्वहरू पनि यस महोत्सवमा समेटिनेछन्।
    निर्णायक मण्डलमा राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी, एलेक्जान्ड्रा एनवर्गयास्मिन बुछफार जस्ता विज्ञहरू रहनेछन्।

    महोत्सवको उद्देश्य नेपालमा हरर शैलीका चलचित्र निर्माणलाई प्रोत्साहन गर्दै यस विधाको विकासमा नयाँ अध्याय सुरु गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै