Trending now
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने
२०८३ कार्तिक १३, शुक्रवार
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
२०८३ कार्तिक १३, शुक्रवार
काठमाडौं । नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई लक्षित गर्दै कात्तिक १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा चौथो तिहार फ्लोरा एक्स्पो–२०८३ आयोजना गर्ने भएको छ।
‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित आयोजना हुने मेलामा फूल तथा नर्सरीजन्य उत्पादनका ७३ स्टल रहनेछन्।
आयोजकका अनुसार मेलामा करिब ३५ हजार दर्शकले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ। मेलामा विभिन्न प्रजातिका फूल, आलङ्कारिक बिरुवा, फलफूलका बिरुवा, मलखाद, बीउबिजन तथा कृषि उपकरण प्रदर्शनी र बिक्रीका लागि राखिनेछन्।
मेलाको प्रवेश शुल्क सर्वसाधारणलाई १०० रुपैयाँ तथा विद्यार्थी र ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ तोकिएको छ। एक्स्पो पाँच दिनसम्म सञ्चालन हुनेछ।

