• TOKHA LIVE

      TOKHA LIVE

    • ९ श्रावण २०७७, शुक्रबार ०५:२९

    कोरोनाको खतरा तालु खुईले पुरुषलाई धेरै

    एजेन्सी।टाउकोको कपाल खुइलिएका ‘तालु खुईले’ मानिसलाई कोरोना संक्रमण भयो भने त्यस्ता मानिसलाई अस्पताल भर्ना हुनै पर्ने सम्भावना ४० प्रतिशत ज्यादा रहेको एक अध्ययनले दाबी गरेको छ । वेष्ट भर्जिनिया युनिभर्सिटीका अनुसन्धानकर्ताको एक टोलीले अनुसन्धानपछि यस्तो दाबी गरेका हुन् । फोक्सो सम्बन्धि रोग, मधुमेह, ब्लड प्रेसर, मुटुको रोग, मोटोपना, कमजोर प्रतिरक्षा प्रणाली, मृगौलाको रोग, लिभर सम्बन्धि रोग भएका मानिसलाई कोरोना संक्रमण भयो भने मृत्‍यु हुने सम्भावना उच्च रहने स्वास्थ्य बिज्ञहरुले चेतावनी दिदै आएपनि तालु खुईले मानिसलाई पनि कोरोना संक्रमण खतरा हुने कुरा त्यति चर्चामा भने छैन । अनुसन्धानकर्ताहरुले बेलायतस्थित बायो बैंकका आँकडामा रहेका २ हजार मानिसमा गरिएको अध्ययनपछि निस्कर्षमा पुगेका हुन् । क्यान्सर, मुटु रोग, स्ट्रोक, मधुमेह, अर्थराईटिस, ओस्टिओपोराईटिस, डिप्रेसन जस्ता रोगहरु पत्ता लगाउन र प्रभावकारी उपचारको लागि बिगत १४ बर्षदेखि काम गर्दै आएको परियोजना नै बायो बैंक हो । बायो बैंकले हालसम्म बिभिन्न रोग भएका ५ लाख मानिसलाई आफ्नो आँकडामा राखिसकेको छ ।

    अनुसन्धान गरिएका दुई हजार मानिसलाई कपाल नखुईलिएका, अलिकति मात्र खुईलिएका, मध्यम प्रकृतीको तालु देखिएका र ज्यादै तालु खुईलिएका गरेर चार समुहमा बिभाजन गरेर अध्ययन गरिएको द डेली मिररको अनलाईन संस्करण मिरर डट सिओ डट युके ले लेखेको छ । अनुसन्धानमा कपाल झर्दै नझरेका १५ प्रतिशत अलिकति मात्र कपाल झरेका १७ प्रतिशत, मध्यम कपाल झरेका १८ प्रतिशत, धेरै नै कपाल झरेका २० प्रतिशत मानिसमा कोरोना संक्रमण भएको थियो । समग्रमा तालु नखुईलिएकामा भन्दा खुईलिएका ४० प्रतिशत धेरै मानिसलाई संक्रमण भएको थियो ।

    तर तालु खुईले मानिसमा कोरोनाको जोखिमको बारेमा गरिएको आनुसन्धान भने यो नै पहिलो भने होईन । यसअघि गत जुन महिनामा स्पेनस्थित ब्राऊन युनिभर्सिटीका प्रोफेसर कार्लोस वामबिरले गरेको दुई वटा छुट्टाछुट्टै अध्ययनबाट कपाल खुईलिएका थुप्रै पुरुषहरुलाई अस्पताल लगिएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै