• TOKHA LIVE

    • १५ माघ २०७९, आईतवार ०६:५०

    पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई

    टोखा लाइभ।१५ माघ २०७९

    काठमाडौं । खगोलविदहरुका अनुसार एउटा ठूलो दुर्घटना टरेको छ । केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह एस्टेरोइड पृथ्वीको नजिकै भएर गएको छ। एउटा मिनिबस जत्रो आकारको उक्त क्षुद्रग्रह वा अन्तरिक्ष चट्टानलाई २०२३ बीयू नाम दिइएको छ र त्यो दक्षिण अमेरिका महादेशको दक्षिणी कुनामाथिको आकाशभन्दा पनि माथि अन्तरिक्षबाट पार भएर गएको छ।

    उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३,६०० किलोमिटर नजिकसम्म आएर पार भएको थियो र त्यसको अर्थ त्यो अन्तरिक्ष चट्टान पृथ्वीको धेरै नै नजिक आइपुगेको हो। यो घटनाले अन्तरिक्षमा पृथ्वीको नजिकै उल्लेखनीय आकारका क्षुद्रग्रहहरू रहेका छन् ।

    जसमध्ये सबैका बारेमा हामीले अझै पनि फेला पार्न बाँकी नै छ भन्ने देखाएको छ।

    यो क्षुद्रग्रहलाई गत सप्ताहान्तमा मात्रै सिकारु खगोलविद् गेन्नाडी बोरिसोभले फेला पारेका थिए। उनी क्राइमियाको नाउच्न्यी क्षेत्रमा सक्रिय छन्। उनले प्राप्त गरेको क्षुद्रग्रह सम्बन्धी सूचनालाई थप खोज अनुसन्धान गरेपछि २०२३ बीयू नाम दिइएको उक्त क्षुद्रग्रहको आकार र सबैभन्दा महत्वपूर्ण कुरा त्यसले अघि बढ्न लिइरहेको बाटोका बारेमा थाहा हुन सकेको थियो।

    त्यसपछि मात्रै उक्त क्षुद्रग्रह पृथ्वीमा ठोकिँदैन बरू नजिकै भएर जानेछ भन्नेमा खगोलशास्त्रीहरू ढुक्क हुन सकेका थिए। तर उक्त क्षुद्रग्रह मानिसले अन्तरिक्षमा पठाएका दुरसञ्चार भूउपग्रहहरू रहेका क्षेत्रभित्रै प्रवेश गरेको थियो। त्यस्ता भूउपग्रहहरू पृथ्वीभन्दा ३,६००० किलोमिटर माथिको अन्तरिक्षमा रहेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै