• TOKHA LIVE

      TOKHA LIVE

    • १३ पुष २०७९, बुधबार १७:३१

    टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता पुस १५ देखि

    टाेखालाइभ डट कम/ पुस १३,२०७९
    काठमाडौँ /टोखा युवा क्लवको आयोजना तथा टोखा नगरपालिका र टोखा युवा बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सहयोगमा ‘टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता यहि पुष १५ र १६ गते टोखा नगरपालिका ३ को वडा कार्यालयको सभाहलमा
    हुने आयोजकले बताएको छ।

    टोखा युवा राष्ट्रिय खुल्ला र्‍यापिड चेस प्रतियोगिता
    आयोजना गरेको जानकारी दिँदै आयोजक टोखा युवा क्लबका अध्यक्ष राजिव श्रेष्ठले स्थानीय युवा खेलाडीहरूको बौद्धिक क्षमता अभिवृद्धिमा टेवा पुर्याइ राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको टाेखालाइभलाई जानकारी दिए।

    क्लबका अध्यक्ष श्रेष्ठले सहभागी हुन चाहने खेलाडीले यही पुष १४ गतेसम्म नाम दर्ताको लागि महिला र १६ वर्ष भन्दा कम उमेरका खेलाडीलाई ५ सय र बाँकीको लागि १ हजार रुपैया शुल्कसहित दर्ता गर्न सकिने ब्यबस्था मिलाइएको समेत जानकारी दिए।

    प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुने खेलाडीले २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ७ हजार, पाचौँ हुनेले ६ हजार पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट टोखा तर्फ प्रथमले ५ हजार दोस्रोले ३ हजार र तेस्रोहुनेले २ हजार पाउनेछन् । उत्कृष्ट एकजना खेलाडी, उत्कृष्ट महिलातर्फ एक जना, १६ वर्ष भन्दा कम उमेर तर्फबाट उत्कृष्ट एकजना, उत्कृष्ट भेन्ट्रास (५५ वर्ष माथी) एक जना, खुला तर्फ एकजनाले ३ हजार पुरस्कार पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगितामा नाम दर्ताको लागि यी नम्बरमा सम्पर्क गर्न सकिने छ। ( ९८५१०७४८५९ / ९८४९०८०१३४ /९८४१४३२९४२)

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै