टाेखालाइभ डट कम/कार्तिक ३०,२०७९
नेपाल मजदुर किसान पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा चुनावी प्रचार प्रसार व्यापक बनाएका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मत माग्न नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् ।
यसैक्रममा काठमाडौं क्षेत्र नम्बर ५ मा नेमकिपाका
उम्मेदवार क्षेत्र नं.५ का प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार शैलेश डंगोल ,बागमती प्रदेश सभा सदस्य ५ (ख) उम्मेदवार विर बहादुर डंगोल ,बागमती प्रदेश सभा सदस्य
५ (क) का उम्मेदवार अकल मान महर्जन र प्रतिनिधि सभा समानुपातिक उम्मेदवार कशिनारायण डंगोल सहित मतदाताकाका घरदैलोमा आ–आफ्ना चुनावी प्रतिबद्धतासहित पुगेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेमकिपाका
उम्मेदवार क्षेत्र नं.५ का प्रतिनिधि सभा प्रत्यक्ष उम्मेदवार शैलेश डंगोलले घरदैलोमा पुगि शासक पार्टीहरुले
निर्वाचन घोषणापत्र अनुसार काम नगरेको हुँदा मंसिर ४ मा हुने निर्वाचनमा तिनीहरुलाई पराजित गर्न नेमकिपाको मादल चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
डंगोलले देशको सार्वभौमिकता रक्षाको लागि नेमकिपालाई जित दिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यस्तै नेपाल मजदुर किसान पार्टीको काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार सनकमान महर्जन, क्षेत्र नं. ६ (क) का उम्मेदवार देवलक्ष्मी महर्जन र ६ (ख) उम्मेदवार श्यामकुमार महर्जनलाई विजयी बनाउन तारकेश्वरको मनमैजुको डाँडागाउँ, फुटुङ्ग, टुसाल, नागपोखरी, खुलालटार, टोखाको झोर, बौडेश्वर, जगातचोक, साङ्गलाको कुञ्चीप्वाल क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
ती क्षेत्रमा उम्मेदवारहरूको परिचयसहित नेमकिपाको अपिल, नमुना मतपत्र मतदाताहरूलाई वितरण गर्नुका साथै देशघाती एमसीसी सम्झौता गर्ने एमसीसीका मतियार शासक दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई हराउन देशभक्त पार्टी नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गरेका थिए ।

