टाेखालाइभ डट कम/ कार्तिक २५,२०७९
काठमाडौं / आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा काठमाण्डौ क्षेत्र नम्बर ५ टाेखामा नेकपा एमालेले घरदैलो विशाल र्याली आयोजना गरेको छ।एमालेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनलहर देखिएको हो ।
नेकपा(एमाले)काठमाण्डौ क्षेत्र नम्वर ५ टोखा वडा नम्बर २ र ३ को संयुक्त निर्वाचन परिचालन कमिटीको आयोजनामा बिहिवार विभिन्न राजनीतिक दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरे संगै नेकपा एमाले टाेखा नगरपालिका वडा ३ स्थित सरस्वती चौरबाट चुनाबी घरदैलो अभियान शुरु गरेको हो । चुनाबी घरदैलो अभियान बिहीबार बिहान टाेखा नगरपालिका वडा २ र ३को ऐतिहासिक बस्ती , लाम्ने,चर,चसिचा,वामुख्वात हुँदै पलेखुशी हुँदै पुन:सरस्वती चौरबाट चुनाबी घरदैलो अभियान बिसर्जन भएको थियो । त्यस्तै शुक्रबार बिहान झुडोल, सूर्यदर्शन हाइट, धमलतार, ढलमल टोल र ग्रन्डी भिल्लामा घरदैलो अभियान सम्पन्न गरेको हो।

घरदैलो कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा (ख) तर्फका उम्मेदवार दिपक निरौला, प्रदेश सभा (क) तर्फका उम्मेदवार नारायण सिलवाल, काठमाडौं क्षेत्र ५ को प्रतिनिधि सभा सदस्य ,समानुपातिक उम्मेदवार बाबुलाल डंगोल , काठमाडौं क्षेत्र ५ को प्रदेश सभा सदस्य , समानुपातिक उम्मेदवार नारायण भाइ श्रेष्ठ ,काठमाडौं क्षेत्र ५ को प्रदेश सभा सदस्य , समानुपातिक उम्मेदवार ज्ञान बहादुर तामाङले मतदाता माझ पुगेर मत माग्नुभएको थियो ।

विकाश प्रेमी नेता ईश्वर पोखरेल भएको भन्दै मतदाताले चुनावमा निर्वाचित गरेर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
पोखरेलले मतदातासंग भाेट माग्दै आफनो पाँचबर्षे कार्यकालमा जनताका सवै समस्याहरु समाधान गरिदिने वचन दिदै स्वास्थ , शिक्षा,कृषि , सडक, खानेपानी, रोजगार ,भौतिक पुर्वाधार कला संस्कृति संम्पदा तथा पर्यटन ,महिला , बालबालिका तथा जेष्ठ नागरिक ,फोहर व्यवस्थापन र यातायात लगायतका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने २८ वटा प्रतिबद्धता पत्र सहित जनताको घरदैलो पुगेका थिए।

घरदैलो विशाल र्यालीमा वडाका सबै टोलबाट नेता ,कार्यकर्ता ,शुभचिन्तक ,समर्थक सहित स्थानीयहरुको स्वत स्फुर्त उपस्थिति रहेको थियो।
वि.सं २०७२ मा बनेको नेपालको संविधान अनुरुप भएको पहिलो आम निर्वाचन २०७४ मा नेपाली जनताले नेकपा एमालेलाई सर्वाधिक मतका साथ पहिलो र शक्तिशाली दल बनाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले ” समृद्ध नेपाल : सुखी नेपाली “को राष्ट्रिय आकाङ्क्षा अघि सारेको थियो ।यसलाई हासिल गर्न त्यसपछिको सरकारको पहिलो वर्षलाई आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणको ‘ आधार वर्ष ‘को रूपमा लिइएको थियो ।संविधानले परिकल्पना गरेको तीन तहका सरकारहरुको विधिवत संचालनको लागि आवश्यक कानुनी तथा संरचनागत आधारहरु पनि छाेटाे समयमा नै निर्माण गर्न सफल भएको नेकपा एमाले काठमाडौं क्षेत्र नं.५ को क्षेत्रीय प्रतिबद्धता पत्रमा उल्लेख छ।
मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणको निम्ति पुर्वाधार विकासमा प्राथमिकता,भुकम्पपछिका पुनर्निर्माणमा चुनौतीपुर्ण प्रशंसनिय उपलब्धि , विश्वभरि फैलिएको महामारी काेभिड १९ विरुद्धको लडाइँ त्यससम्बन्धि कुनै पुर्वाधार नभएको शुन्य अवस्थाबाट सुरुवात गरि अत्यावश्यक मेडिकल सामग्री , प्रविधि , जनशक्ति को व्यवस्थापन तथा परिचालन गरि प्रभावकारी ढंगबाट तुलनात्मक रूपमा मानवीय क्षति न्यूनीकरण गर्न नेकपा एमाले सफल भएको जनाएको छ।

