• TOKHA LIVE

      TOKHA LIVE

    • २५ कार्तिक २०७९, शुक्रबार १०:१०

    वीर गणेशमानको १०८औं जन्मजयन्ती टोखामा मनाइयो

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    कार्तिक २५,२०७९

    काठमाडौं /लौह पुरुष सर्वमान्य नेता वीर गणेशमान सिङको १०८औं जन्मजयन्ती आज टोखा वडा नं २ पुखुसीमा रहेको उहाँको सालीकमा कार्यक्रमका प्रमुख अतिथि अहिले नेपाली कांग्रेस काठमाडौं क्षेत्र ५ का प्रतिनिधिसभाको उम्मेदवार प्रदीप पौडेलले फूल चढाई माल्यार्पण गरि कार्यक्रम अगाडि बढाउनु भएको थियो।

    टोखा वडा नम्बर २ को नेपाली काँग्रेस वडा कार्य समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। नेपाली कांग्रेसका इकाई सभापति हेराकाजी महर्जन डंगोलको सभाध्यक्षमा कार्यक्रम सञ्चालन गरेको थियाे।

    निष्ठा, त्याग र संघर्षको प्रतिमुर्ति लौह पुरुष सर्वमान्य नेता गणेशमान सिंहको बारेमा वयान गरी नसक्ने महा पुरुष सिंहको बारेमा कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि पौडेल, विशिष्ट अतिथिहरु सबैले आ-आफ्नो भनाइ संगै लौह पुरुषको भावना , पार्टी प्रति त्याग देशमा उनले जस्ता त्याग र संघर्ष गर्नुपर्ने बताएका छन्।

    प्रमुख अतिथि पौडेलले आजको युवाहरुलाई वीर गणेशमानको विषयमा अध्ययन गर्दा कथा जस्तो लाग्न सक्छ। तर उनले गरेको त्याग र संघर्षको विषयमा अध्ययन गर्न जरुरी रहेको बताउनुभयो।
    लौह पुरुष गणेशमान सिंहलाई पौडेलले नेशनल मंडेला भन्दा कम नरहेको बताएका छन्। प्रधानमन्त्री जस्तो पद लिन भन्दा राजालाई कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री दिन आग्रह गरेको समेत बताएका थिए। यी महान व्यक्तिलाई हामीले बिर्सन सकिँदैन बिर्सनु हुन्न उहाँले देखाएको बाटो हिँड्नुपर्ने उहाँले जस्तै देश र जनताको सेवामा खटिने र खटिने बताए।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौ क्षेत्र नम्बर ५ का समानुपातिका सदस्य तारा लामा, गंगा सुनुवार उम्मेदवार लगाएत माओवादी केन्द्रका केन्द्रिय सदस्य कल्पना शर्मा, काठमाडौँ जिल्लाका उपसभापति क्षेत्री प्रतिनिधिहरु महाधिवेशनका प्रतिनिधिहरु जिल्ला सदस्यहरु लगायत गठबन्धनका व्यक्तित्वहरू नेपाली कांग्रेसका अग्रज व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै