• TOKHA LIVE

      TOKHA LIVE

    • २५ कार्तिक २०७९, शुक्रबार ०४:३८

    काठमाडौँलाई हरित अर्थतन्त्रका रुपमा विकास गर्छौँः मानुषी भट्टराई

    टोखा लाइभ।२५ कार्तिक २०७९

    काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मानुषी भट्टराईले काठमाडौँ उपत्यकालाई हरित अर्थतन्त्रको अवधारणामा विकास गर्नुपर्ने बताएकी छिन् ।

    विहिवार पत्रकारसँगको अन्तक्रियामा उनले आफू निर्वाचित भए काठमाडौँको मौलिकता जोगाउँदै विकासका योजना तयार गर्ने बताइन् । हाल देखिएको खानेपानीको सङ्कट समाधान गर्दै पानी पुनःभरण (वाटर रिसाइकल) गर्ने परम्परागत प्रणालीलाई अपनाउने उनको प्रतिबद्धता व्यक्त गरिन् ।

    आदिवासी जनजातिको हक अधिकार स्थापित गर्नका लागि आफूले संसदमा आवाज उठाउने भन्दै उनले आफ्नो थातथलोबाट बिस्तापित नेवार समूदायलाई आवासको अधिकार दिलाउने दाबी गरिन ।

    काठमाडौँ क्षेत्र नं. ७ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार वसन्त प्रसाद मानन्धरले आदिवासी जनजातिको मातृभाषालाई बागमती प्रदेशभित्र संस्थागत गर्ने बताए । उनलेविगतमा पनि यसका लागि आफूले पहल कदमी लिँदै आएको भन्दै नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको प्रशासनिक भाषा बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

    Facebook Comments

    सम्बन्धित खवर

    दश वर्षमा ८१५ सम्पदा निर्माण

    छुटाउनुभयो कि? सबै