Trending now
टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए
२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी
२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
टोखा लाइभ।२५ कार्तिक २०७९
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मानुषी भट्टराईले काठमाडौँ उपत्यकालाई हरित अर्थतन्त्रको अवधारणामा विकास गर्नुपर्ने बताएकी छिन् ।

विहिवार पत्रकारसँगको अन्तक्रियामा उनले आफू निर्वाचित भए काठमाडौँको मौलिकता जोगाउँदै विकासका योजना तयार गर्ने बताइन् । हाल देखिएको खानेपानीको सङ्कट समाधान गर्दै पानी पुनःभरण (वाटर रिसाइकल) गर्ने परम्परागत प्रणालीलाई अपनाउने उनको प्रतिबद्धता व्यक्त गरिन् ।
आदिवासी जनजातिको हक अधिकार स्थापित गर्नका लागि आफूले संसदमा आवाज उठाउने भन्दै उनले आफ्नो थातथलोबाट बिस्तापित नेवार समूदायलाई आवासको अधिकार दिलाउने दाबी गरिन ।

काठमाडौँ क्षेत्र नं. ७ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार वसन्त प्रसाद मानन्धरले आदिवासी जनजातिको मातृभाषालाई बागमती प्रदेशभित्र संस्थागत गर्ने बताए । उनलेविगतमा पनि यसका लागि आफूले पहल कदमी लिँदै आएको भन्दै नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको प्रशासनिक भाषा बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

