टाेखालाइभ डट कम/ कार्तिक ३,२०७९
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)
टाेखा नगर कमिटीले शुभ दिपावली ,नेपाल संवत् ११४३, छठ पर्वकाे अवसरमा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम अनेरास्ववियु टाेखा नगर कमिटीका अध्यक्ष प्रशान्त डंगोलको अध्यक्षता एवं नेकपा एमाले कामाडाैं जिल्ला पार्टी अध्यक्ष दिपक निरौलाको विशिष्ट आतिथ्यतामा
सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो ।

अनेरास्ववियु टाेखा नगर कमिटीका अध्यक्ष प्रशान्त डंगोलले स्वागत मन्तव्य राख्दै डंगोलले ” पार्टीले दिएकाे नीति निर्देशन अनुसार काम गर्न हरबखत तयारी अवस्थामा अनेरास्ववियु लागिरहेको बताउदै समृद्ध नेपाल सुखि नेपालिकाे सपना साकार पार्नका लागि नेकपा एमालेले चुनेर पठाउनु भएका उम्मेदवारहरुलाई बिजय गराउनका लागी अनेरास्ववियुका काम्रेडहरु चुनाव घाेषणा लगतै आ- आफ्नो क्षेत्रमा तैनाथ भैसकेको बताए।
डंगोलले क्षेत्र नं ५ मा प्रभावशाली नेता ईश्वर पोखरेल काम्रेड जतिकाे प्रभावशाली नेता पाउनु नेपालकाे पहिलाे सांस्कृतिक संरक्षित क्षेत्र टाेखाका जनताहरुकाे लागि खुसीको कुरा हो। आफ्नो क्षेत्र नं ५ लाई समृद्धिको बाटोमा हातेमालो गर्दै अगाडि बढाउन उहाँको जित सुनिश्चित रहेको भन्दै डंगोलले अत्यधिक मतले बिजयीको अग्रिम शुभकामना व्यक्त गर्नुभयो।

सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा
सम्मानित हुनेमा राष्ट्रिय दैनिकका कार्टुनिष्ट सानुराज डंगोल ,मातृभाषा अभियन्ता रिदेन महर्जन ,अन्तरास्ट्रिय सेपाक्ताक्रो खेलाडी सुमित्रा डंगोल ,

ज्यूताईडाे कराते खेलाडीहरु मनिष डंगोल ,समुन्द्र महर्जन , राेसन श्रेष्ठ ,नवीन श्रेष्ठ ,दिपेश महर्जन ,अजय श्रेष्ठ ,सुशील श्रेष्ठ लगायतलाई कार्यक्रमका विशिस्ट अतिथि एमाले कामाडाैं जिल्ला पार्टी अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ५ (२) प्रदेश सदस्य उम्मेदवार दिपक निराैलाले सम्मान – पत्र प्रदान गरेका थिए ।

अतिथि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै हावाकाे बेग चिनेर सम्पूर्ण काम्रेडहरुलाई कार्य सम्पादन गर्न आह्वान गर्नुका साथै चुनाव लक्षित कार्यक्रमहरु अन्य जनवर्गीय संगठनहरुले पनि गर्न आवश्यक रहेको बताउनुभयो।

अनेरास्ववियु केन्द्रिय सदस्य शोभा सापकोटाले
समाज परिबर्तनमा युवा विद्यार्थीको महत्वपुर्ण भुमिका हुने बताउँदै उनले समाजमा रहेका विकृती विसंगती उन्मुलनमा समेत विद्यार्थीले हातेमालो गर्नुपर्ने बताइन् ।

कार्यक्रममा अनेरास्ववियुका जिल्ला सदस्य शोभा तामाङले विद्यार्थीहरु समाजबाद उन्मुख हुदै अग्रगामी दिशामा बढ्नु पर्ने बताए ।
बिहिबार टाेखा ३ को वडा कार्यालय भवनको सभामा भएको कार्यक्रममा बोल्दै एमाले कामाडाैं जिल्ला पार्टी अध्यक्ष तथा
काठमाडौं क्षेत्र नं ५ (२) प्रदेश सदस्य उम्मेदवार दिपक निराैलाले युवा विद्यार्थीहरु भनेको स्वाभाविक रूपमा चेतनाका संवाहक भएकाले समाजमा उस्ले आफ्ना बिषय बुझेका हुन्छन् भन्दै समाजमा भएका अशिक्षा , अराष्ट्रिय , अराजक र अस्वस्थ विचार भएका व्यक्ति , पात्रहरुलाई सहि मार्गमा देखाउने बुझाउने खालको योगदान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले विद्यार्थीहरुका घर, परिवार र छरछिमेक समाजमा कस्ले राम्रा काम गरेका छन् । कस्ले गर्न सकेका छैनन् , कस्ले गर्न खोजेपनि कस्ले गर्न दिएका छैनन् भन्ने कुरा सबैलाई बुझाउन
विद्यार्थी भाइबहिनीहरुलाई आग्रह गर्नुभयो ।
कामाडाैं जिल्ला पार्टी अध्यक्ष निरौलाले ” पढाई क्याम्पस या बिश्वबिद्धालयका सर्टिफिकेट मात्रै होइन समाजमा हामीले भोगेका समाजमा सिकेका असल शिक्षा नौ सबैभन्दा ठुलो विद्यालय हो, त्यहाँबाट सिकेका कुराहरू जिवनका लागि अत्यन्तै उपयोगी हुन्छन् यो कुरा बुझाइलाई पनि हामीले बुझ्न जरुरी छ।त्यस्कारण हामीले अध्ययन गरिरहेका अथवा डिग्री हातमा राखेका कारणले समाजलाई परिवर्तन गर्न सक्तैन । आफुले आफुलाई सहि मार्गमा हिंड्न् सकेनौ भने त्यो विद्यालय ,डिग्रीले हामीलाई केही फल दिन सक्तैन त्यसकारण यो कुरामा जिवनमा पनि ध्यान दिनुहोला।”

दिपेश श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा विशेष अतिथि एमाले कामाडाैं जिल्ला पार्टी अध्यक्ष दिपक निराैला ,अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारी ,टाेखा २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , टाेखा ३ का वडा अध्यक्ष रमेश डंगोल , टाेखा ३ का वडा सदस्यद्वय शान्ता राई र हरिकृष्ण श्रेष्ठ ,टाेखाका पुर्व उपप्रमुख ज्ञानमाया डंगोल , नेकपा एमाले समानुपातिक सदस्य नारायण भाइ श्रेष्ठ , टाेखाका मुल नाइके हेमराज श्रेष्ठ,प्रदेश कमिटी सांकृतिक विभाग सह इन्चार्ज एवं पार्टी जिल्ला सदस्य मनिराज डंगोल ,जिल्ला पार्टी सदस्य राधेश्याम श्रेष्ठ,नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल , अनेरास्ववियु केन्द्रिय सदस्य शोभा सापकोटा ,अनेरास्ववियु टाेखा नगर कमिटीका अध्यक्ष प्रशान्त डंगोल , अनेरास्ववियुका जिल्ला सदस्य शोभा तामाङ र राजाराम श्रेष्ठ लगायत अनेरास्ववियुका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



