• TOKHA LIVE

    • २४ आश्विन २०७९, सोमबार ०७:३१

    घरको छत खस्दा एकै परिवारका ९ जनाको मृत्यु

    टाेखालाइभ/ असोज २४, २०७९

    इस्लामाबाद। पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा ९ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त शहरको बोनार्डास क्षेत्रमा भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ।

    उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्‍याएका थिए।

    यसैबीच, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा एउटा बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्। दुर्घटना आन्ध्र प्रदेशको अल्लुरी सीताराम राजु जिल्लामा भएको हो।

    प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम शहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै