टाेखालाइभ डट कम/ असोज ३,२०७९
श्री साङ्ला बालकुमारी माविमा अब चाडै नै डिजिटल प्रविधि मार्फत अध्यापन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी थापाले बताएका छन् ।

शनिबार श्री साङ्ला बालकुमारी मा.बिले आयाेजना गरेको सम्मान तथा शैक्षिक सामग्री बितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले विद्यालयका शिक्षक शिक्षिका ,कर्मचारीहरू सबै दक्ष रहेकाे भन्दै अब चाडै नै विद्यालयमा आधुनिक डिजिटल प्रविधि मार्फत पठनपाठन हुने उद्घोष गरेका छन् ।

श्री साङ्ला बालकुमारी माबिले आयाेजना गरेको सम्मान तथा शैक्षिक सामग्री बितण कार्यक्रम नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं ६ माननिय सभासद भिमसेन दास प्रधानकाे सिफारिसमा China Foundation For Poverty Alleviation.Alibaba Philanthoropy.
Noble Compassionate Volunteers को सहयोगमा श्री साङ्ला माध्यमिक बिधालयमा अध्ययनरत कक्षा नर्सरी देखि पाँच कक्षा सम्मका २५० जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री तथा झाेला वितरण गरेको छ।
शैक्षिक सामाग्री तथा झाेला वितरणकार्यक्रममा
बिधालयका प्रधानाध्यापक डा. टिकाराम भट्ट,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सानुकाजी थापा लगायत ब्यवस्थापन समितिका पदाधिकारीहरू र संस्थाका सदस्य हरूले संयुक्तरूपमा विद्यार्थी बालबालिकाहरूलाई उक्त सामाग्री बितरण गर्नुभएको थियाे ।
कार्यक्रममा प्रधानाध्यापक डा. टिकाराम भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै राजनीतिकर्मि तथा पुर्व ब्यवस्थापन समितिका अध्यक्ष माधव तिमिल्सिनाले तारकेश्वर नगरपालिकाले वडा अध्यक्ष नै ब्यवस्थापन समितिकाे अध्यक्ष हुनुपर्छ भन्ने निर्णय सच्याउनु पर्ने र याे निर्णयले अभिभावककाे अधिकार खाेसिएकाे भनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भयाे।

श्री साङ्ला बालकुमारी मा.बि शिक्षक रामबाबु फुयालले संचालन गर्नुभएको कार्यक्रममा महानगरीय प्रहरी वृत्तका प्रमुख रविन बिष्टले विद्यालयसंग सहकार्य गरेर सुरक्षा सम्बन्धित कार्यक्रम संचालन गर्ने विचार राख्नुभयाे ।
तारकेश्वर नगर शिक्षा अधिकारी हाेमनाथ न्यौपानेले आफ्नो कार्यकाल सम्म याे विद्यालयलाई सधै साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तारकेश्वर नगर उपप्रमुख सिर्जना बुर्लाकाेटी अर्यालले हाल नगरपालिका भित्र चलिरहेको बिषय वडा अध्यक्ष नै विद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष हुनपर्ने निर्णय उपर छलफल गरिने र आफुले विद्यालयलाई हरपल सहयाेग गरिरहने र शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै लगेमा बजेटले नराेकिने कुरामा जाेड दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा निर्वाचन क्षेत्र नं ६ माननीय सभासद भिमसेन दास प्रधानले मैले मेराे कार्यकालमा यस विद्यालयलाई निरन्तर सहयोग गरिरहने र राष्ट्रपति विद्यालय सुधार याेजना कार्यक्रम ल्याउन सफल भएको र आगामि दिनमा पनि याे विद्यालयलाई निरन्तर सहयाेग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद भिमसेन दास प्रधान,निर्वाचन ६ प्रदेस सांसद योगन्द्र संगाैला,
तारकेश्वर नगर उपप्रमुख सिर्जना बुरलाकाेटी अर्याल ,नगर शिक्षा अधिकारी हाेमनाथ न्याैपाने,महानगरीय प्रहरी वृत्त प्रमुख रविन बिष्ट लगायतलाई मायाकाे चिनाे सहित दाेसल्ला ओदाएर सम्मान गरिएको थियाे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी थापाले एउटा कुशल बिद्यार्थी निर्माण गर्नकाे
विद्यालय, शिक्षक, शिक्षिका , अभिभावक ,कर्मचारी ,
विद्यालय व्यवस्थापन समिती ,राजनीतिकर्मिको सकारात्मक महत्त्वपूर्ण भुमिकाले मात्रै संभव हुने कुरामा उहाँले जोड दिनुभयो। साथै कुशल बिद्यार्थी निर्माण गर्न बिद्यार्थी स्वयंमा भर पर्ने हुदा बिद्यार्थीकाे अनुशासन,लगनशीलता र गतिशीलता मा मात्रै निर्भर रहने बताउनुभयो । उहाँले विद्यालयका शिक्षक शिक्षिका ,कर्मचारीहरू सबै दक्ष रहेकाेले अब चाडै नै आधुनिक डिजिटल प्रविधि मार्फत श्री साङ्ला बालकुमारी माबिमा अध्यापन हुने कुरामा जाेडदिनुभयाे।
कार्यक्रममा प्रमुख अतिथी, विशिस्ट अतिथि ,विद्यालय व्यवस्थापन समितिकाका पदाधिकारीहरु, शिक्षक, शिक्षिका , नेपाल प्रहरी ,अभिभावक ,विद्यालयका कर्मचारी ,राजनीतिकर्मिहरु ,विद्यार्थी भाइबहिनीहरु र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।




