• TOKHA LIVE

      TOKHA LIVE

    • ३ आश्विन २०७९, सोमबार ०६:२३

    टोखामा लौह पुरुष सर्वोच्च कमान्डर,सर्बमान्य नेता गणेशमान सिंहको २५ औं स्मृति दिवस मनाइयो

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    असोज ३,२०७९

    काठमाडौं /लौह पुरुष , सवाेच्च कमान्डर , सर्बमान्य नेता गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा आइतबार  टोखा वडा नं २ कमिटी द्धारा आयोजित कार्यक्रम टोखा नगरपालिका वडा नं २ स्थित पुखुसिमा नेता गणेशमान सिंहको सालिकमा माल्यार्पण गरि दिप प्रज्वलन गरि कार्यक्रम मनाएको छ।

    लौह पुरुष गणेशमान सिंहको २५औं स्मृति दिवस कार्यक्रममा नेपाली काँग्रेसका इकाई सभापति हेराकाजी महर्जन डंगोलको सभाध्यक्षमा कार्यक्रम सञ्चालन गरेको थियो।भने कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता डा.प्रकाश शरण महत रहनु भएको थियो। त्यसै गरी कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ,क्षेत्र नं ५ का सभापति श्याम बहादुर खड्का रहेका थिए।

    प्रमुख अतिथि प्रवता डा.महतले लौह पुरुष गणेशमान सिंहलेराणाकालमा भएका दुःख पीडा सँगै लडेर देशमा राणाकाल अन्त्य गरेको बताउदै लोकतान्त्रिक आन्दोलनमा उहाँले गरेको नेतृत्व र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेता गणेशमान सिंहले गरेको त्याग, योगदान प्रेरणाका कारणले गर्दा नै आज हाम्रो पार्टी रहिरहेको बताए।विर गणेशमान सिंहले जनताको अधिकारको लागि उहाँको ठूलो योगदान रहेको महतले बताए।

    नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले नेता गणेशमानले देश र पार्टी प्रति गरेको त्याग, योगदानलाई कदर गर्दै उहाँको प्रेरणालाई सम्मान गरेका बताए । लौह पुरुष श्रेष्ठको जिवनी कथा ,यात्रालाई सम्झदै श्रेष्ठले सबै देशको कानुन राम्रो हुन्छ । सबै पार्टीको सिद्धान्तहरु राम्रो हुन्छ ,तर सिद्धान्त मात्र राम्रो भएर हुदैन व्यवहार पनि राम्रो हुनुपर्ने बताउनुभयो।


    विर गणेशमान सिंहले देश र जनताको हक अधिकारका निम्ति आफ्नो सुख सयनलाई त्यागी जेल जीवन बिताएको र उहाँले आफ्नो शारीरिक पिडा खपेर दिइएको पार्टी प्रतिको योगदानलाई आज नेपाली कांग्रेस पार्टीले नै बिर्सन नहुने बताउनुभयो।

    नेपाली काङ्ग्रेसका संस्थापक सदस्य, नेपालकाे राजनीतिमा वीर गणेशमान, लाैह पुरुष नामबाट परिचित रहेको छ।
    देशमा प्रजातान्त्रिक व्यवस्था पुनर्स्थापनाका लागि जेल, नेल, प्रवास साथै नजरबन्द भाेगेका सङ्घर्षशील व्यक्तित्व, २०४६ सालमा भएकाे संयुक्त जनआन्दाेलनका सर्वाेच्च कमाण्डर भएर तात्कालिन राजा वीरेन्द्रबाट प्रधानमन्त्री बन्न गरिएकाे प्रस्तावलाई शालिनतापूर्वक आफ्ना मित्रतर्फ पन्छाएका त्यागी व्यक्तित्व र अन्तमा आफ्नैबाट प्रताडित भएर पार्टी त्यागेर एकान्तवास अङ्गीकार गरेका गणेशमान सिंहकाे निधन भएकाे आज २५ वर्ष बितिसक्दा पनि उहाँकाे सम्झना अझै ताजै छ।

    साथमा नेपाली कांग्रेसका केन्द्रीय महा प्रतिनिधि कशी नारायण श्रेष्ठ,दामोदर खड्का, माईला डंगोल,राम चन्द्र घिमिरे,अष्ट कुमार श्रेष्ठ, टोखा नगरका सभापति ओम कृष्ण बिमली र आमन्त्रित अतिथि वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायत नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताहरु र सक्रिय महिलाहरु समेतको उपस्थिति रहेको थियो।

     

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै