टाेखालाइभ डट कम/ भदौ ३०,२०७९
काठमाडौं / टाेखा नगरपालिका वडा ३ ले वडावासी किसानलाई तरकारीको बीउ वितरण गर्ने भएको छ । तरकारीको बीउ वितरण आश्विन २ गते आइतबार बिहान १० बजे वडा ३ को वडाकार्यालय भवनबाट वडावासी किसानलाई तरकारीको बीउ वितरण गरिने वडाध्यक्ष रमेश डंगोलले जानकारी दिए।
टाेखा ३ का वासीलाई सहयोगस्वरुप केही राहत पुगोस भनी तरकारीको बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३ का वडाध्यक्ष रमेश डंगोलले जानकारी दिए । उनले भने,बीउ जोहो गर्ने समय भइसकेको छ । यहाँका जनताले बीउ खरिदको चिन्ता लिएसँगै समस्या समाधान गर्न हामीले बीउबिजन आवश्यक पर्ने वडावासीलाई बीउ लिन आउनको लागी सम्पुर्ण वडावासीहरुमा सूचना प्रकाशित गरेर जानकारीको लागि अनुरोध गरेको बताए ।
सूचना ;-


