• TOKHA LIVE

      TOKHA LIVE

    • ३० भाद्र २०७९, बिहीबार १८:५४

    काठमाण्डौ ५ का सांसद पोखरेलको सपना: बुढानिलकण्ठ र चंडेश्वरी जोड्ने “सम्पदा मार्ग”

    टाेखालाइभ डट कम/ भदौ ३०

    काठमाण्डौ ।काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलको पहलमा बुढानिलकण्ठ -डाँडागाउँ सडक कालोपत्रे भए संगै सांसद पोखरेलको सपना :बुढानिलकण्ठ र चंडेश्वरी जोड्ने “सम्पदा मार्ग” पूरा भए पछि सो क्षेत्रको व्यवसायमा उच्च वृद्धि भएको छ।

    काठमाण्डौ उपत्यकाको शिवपुरी पर्वत शृंखलाका काखमा रहेका पावन धार्मिक स्थल बुढानिलकण्ठ मन्दिर र टोखा चंडेश्वरी मन्दिरको दुरी अहिले १५ मिनेटमा छोट्टीएको छ।

    दुई पवित्र धार्मिक स्थललाई जोड्ने “सम्पदा मार्ग” निर्माण सम्पन्न भए संगै अहिले भक्तजन र पर्यटकहरुलाई निकै सहज भएको छ भने सो क्षेत्रको आर्थिक गतिविधि अहिले ह्वात्तै बढेको छ।

    अहिले दुई मन्दिर जोड्ने सो मार्ग प्रातकालिन र सन्ध्याकालीन भ्रमणका साथै संगै जोडिएको शिवपुरी(नागार्जुन रास्ट्रिय निकुन्ज घुम्न आउनेहरुको पहिलो रोजाइमा पर्ने गरेका छन् ।

    काठमाण्डौ उपत्यकाको शिवपुरी पर्वत शृंखलाका काखमा रहेको पवित्र धार्मिक स्थल बुढानिलकण्ठ मन्दिर र प्रसिद्ध धार्मिक तिर्थस्थल टोखाको चंडेश्वरी मन्दिरको दर्शन गर्न
    भौगोलिक दुरीमा नजिक रहे पनि सडक अभावमा दुई मन्दिरको दर्शन गर्न लामो यात्रा गर्नुपर्ने बाध्यतामा रहेका
    श्रद्धालु भक्तजनहरुको लागि यात्राको दुरी अहिले १५ मिनेट छाेट्टिदा दुवै मन्दिरको दर्शन गर्नसक्ने भएका छन् ।

    काठमाण्डौ क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन प्रचारको दौरानमा दुई सम्पदा जोड्ने मार्ग निर्माणको घोषणा गरेका थिए।

    सो क्षेत्रको सांसदमा निर्वाचित भए संगै “सम्पदा मार्ग ” लाई पहिलो प्राथमिकतामा राखेका सांसद पोखरेलको पहलमा संघीय सरकार बाट बजेट व्यवस्थापन गरेर निर्माण सम्पन्न गरिएको छ।

    आफ्नो निर्वाचन क्षेत्रको शिरमा रहेका दुई धार्मिक सम्पदा र प्राकृतिक सम्पदाको रुपमा रहेको शिवपुरी(नागार्जुन रास्ट्रिय निकुन्जलाई समृद्धिको आधारमा विकास गर्नुपर्ने बताउदै आएका सांसद पोखरेलले ति मन्दिरहरुको पुनर्निर्माण र प्रवर्धनमा पनि निरन्तर सहयोग गर्दै आएका छन।

    सो “सम्पदा मार्ग ” ले दुई मन्दिर संगै बुढानिलकण्ठ र टोखा नगरपालिकालाई उत्तरी सिमाना बाट जोडेको छ भने काठमाण्डौ उपत्यका बाट शिवपुरी पर्वत क्षेत्रमा आउने पर्यटकहरुलाई पनि निकै सहज भएको छ।

    बुढानिलकण्ठ मन्दिर(वडा नं ५ कार्यालय(डाँडागाउँ जाने सडक हुदै चंडेश्वरी मन्दिर जाने सो मार्ग निर्माण सम्पन्न भए संगै होटल ,रेस्टुरेन्ट र अन्य व्यवसायहरु धमाधम खुलेका छन।

    पछिल्लो समय टिक टक र अन्य सामाजिक संजालका लागि सामाग्री बनाउनेहरुको भिड देखिने सो सडक संगै जोडेको जंगल र निकुन्ज क्षेत्र बनभोज स्थलको रुपमा पनि विकास भएको छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै