• TOKHA LIVE

      TOKHA LIVE

    • २९ भाद्र २०७९, बुधबार २२:०१

    टाेखामा चोरको बिगबिगी ,टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको सामान चोरी गर्ने पक्राउ

    टाेखालाइभ डट कम / भदौ २९,२०७९

    टाेखामा चोरको बिगबिगी अहिले धेरै बढेको छ। चोरीको घटना  सिलसिला यस वर्ष बैशाख ३ गते सपनतिर्थ मन्दिरमा चोरी भए संगै सुरु भएको शृङ्खला अहिले सम्म रोकिएको छैन । गत हप्ता इन्द्रायणी मन्दिरको पुरानो द्य: छें मा चोरी भएको थियो । गत सोमबार टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति टोखाको कार्यालयबाट चोरी भएको समान सहित चोर आज पक्राउ परेको छ ।उनलाई आज विहान डेरा गरि बस्ने घरबाट चोरीको सामान सहित पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका- १०, पाण्डुशेन घर भई हाल टोखा-२ घसु द्वंमा बहालमा बस्दै आइरहेका २० वर्षिया प्रेम रोक्काया रहेको प्रहरीले जनाएको छ।

    रोक्काया चोरिएका कम्प्युटर , सिपियु लगायतका सामग्री सामाजिक सञ्जाल फेसबुकमा बिक्रीका लागि पोष्ट गरिएको जनाएको छ । टोखा-३ निवासि बुद्ध श्रेष्ठले सामान देखेपछि संखा लागेर टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्षलाई सोको बारेमा जानकारी दिए पछि आज विहान निजको कोठामा गएर खानतलासी गर्नेक्रममा लुकाइछिपाई राखेको अवस्थामा स्थानीयले बरामद गरे पछि प्रहरीलाई खबर गरेका थिए ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै