टाेखालाइभ डट कम/ भदौ २९,२०७८
काठमाडौंः टोखा नगरपालिकाद्वारा ५८ औं राष्ट्रिय बाल दिवसकाे अवसर पारेर बुधबार साउथ वेष्टर्न स्कुल बसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान प्रदान गरेको छ।
टोखा नगरपालिकाले आज नगरपालिकाभित्रका
७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टाेखा नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो ।नगरपालिकामा सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार,
उत्कृष्ट शिक्षकलाई रु पाँच हजार नगद पुरस्कार, प्रमाणपत्र र खादा तथा विद्यालयलाई प्रमाणपत्र तथा खादाद्वारा नगर प्रमुख प्रकाश अधिकारीले सम्मान प्रदान गरिएको हो।

(नगर प्रमुख प्रकाश अधिकारीद्वारा प्रदान गरेको उत्कृष्ट शिक्षक सम्मान ग्रहण गर्दै श्री सरस्वती उ. मावी टाेखाका शिक्षक रामजी भण्डारी ।)
५८ औं राष्ट्रिय बाल दिवस कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले सीमित स्रोत र साधनबीच टाेखा नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताउदै टोखाभित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसला स्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए । ‘टोखाभित्रका विद्यालयले देशभरका अरू विद्यालयभन्दा उत्कृष्ट नतिजा दिन सक्षम बनोस भन्दै शुभकामना दिनुभयो ।
टाेखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले
शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग पुग्ने बताउदै नगरपालिकाभित्रका विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा नगरप्रमुख अधिकारीसँगै शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेल, नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सम्मान प्राप्त विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।टाेखा नगरपालिकाले आजै ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वडास्तरीय वक्तृत्वकला कार्यक्रम समेत आयोजना गरेको थियो ।

