टाेखालाइभ डट कम/ भदौ २६,२०७९
टाेखामा पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सु-पोषण सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा माननीय
पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल विशेष उपस्थिति रहनुभएको थियो ।

“असल पाेषण व्यवहार स्वास्थ्य जीवनकाे आधार”
भन्ने मुल नाराकासाथ पोषण शिविर तथा स्वास्थ्य जिवनको लागि सु- पोषण सचेतना मुलक कार्यक्रमको
नेपाल डाइटिसियन एसाेसियसनकाे आयाेजनामा, नेवा: मिसा दबूकाे व्यवस्थापन ,र टाेखा न. पा ३ नं वडाकाे सहकार्यमा शनिबार श्री सरस्वती माध्यमिक विद्यालयमा कार्यक्रम संचालन गरिएको थियो ।कार्यक्रममा नेवा: मिसा दबूका अध्यक्ष तथा व्यवस्थापक सुमिता डंगोलले अतिथिहरुलाई स्वागत सत्कार गर्नुभएको थियो ।

पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सु-पोषण सचेतना मुलक कार्यक्रम १८० जना सहभागीहरुलाई नि:शुल्क ब्लडप्रेसर , सुगर ,उचाइ,मोटाई,हिप,शरीरको चिल्लोपना प्रतिशत ,शरीरको मासु प्रतिशत , डाइटिसियन पिरामीड चार्ट मार्फत स्वास्थ्य सु-पोषण सचेतना मुलक पोषण सम्बन्धि जानकारी दिएर गुणस्तरीय जीवनयापनको लागि अभिप्रेरित गरिएको थियो ।

पोषण शिविरमा अयांश योग नेचर क्योर हस्पिटल टाेखाका संचालक डा.रविनलाल श्रेष्ठले सहभागीहरुलाई योगा सिकाउदै
हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो ,अहिले मानिसहरुलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग भन्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कला भएकोले संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भन्न सकिने
डा.रविनलाल श्रेष्ठले योग एउटा जीवनशैलीको रुपमा हेरिनु पर्ने बताए । जस्ले हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ ।
कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका सि. कन्सल्टेण्ट (MDGP) डा.बिकास श्रेष्ठले पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सु-पोषण सचेतना मुलक कार्यक्रममा रोगको किसिम , सर्ने तथा नसर्ने रोगहरु अवस्थाको वारेमा बताउनुभएको थियो । डा.बिकास श्रेष्ठले मुटु तथा रक्त नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको प्रमुख कारण बन्नु चिन्ताको विषय भएको बताए।
पछिल्लो अध्ययन प्रतिवेदन अनुसार सन् २०१९ मा कुल १ लाख ९३ हजार ३ सय ३१ मृत्यु भएकामा २१.१ प्रतिशत मृत्यु सर्ने, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको देखिएको छ। त्यस्तै ७.८ प्रतिशत मृत्यु चोटपटकका कारण हुने गरेको देखिएको छ। त्यस्तै मृत्यु धेरै गराउने नसर्ने रोगमध्ये मुटु तथा नसासम्बन्धी रोगहरूको हिस्सा धेरै रहेको उक्त प्रतिवेदनले देखाएको डा.बिकास श्रेष्ठले बताउनुभयो ।
त्यस्ता रोगमध्ये कार्डियोभास्कुलर रोग (सीभीडी) हरूको प्रतिशत २४ र इस्क्यामिक हर्ड डिजिज् (आईएचडी) को प्रतिशत १२.३ प्रतिशत रहेको छ। दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका कारण मृत्यु हुने प्रतिशत भने १६.३ रहेको छ। यस्ता रोगको प्रतिशत सन् १९९० मा ६.१ रहेको थियो।नेपालमा गरिएका पछिल्ला अध्ययनले मृत्युका कारणमा यस्ता रोगको प्रतिशत बढिरहेको देखाएकाले यो चिन्ताको विषय भएकोले
चुरोट नखानूस्, रक्सी नखानूस्, मोटो नहुनूस्, दैनिक आधा घण्टा हिँड्नूस्, जथाभाबी खाना नखानूस्। त्यति भयो भने त यसबाट बच्न सकिने डा.बिकास श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा माननीय पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले यो एउटा महत्त्वपूर्ण सामाजिक सचेतनात्मक कार्यक्रम भएको बताउदै सामाजिक रूपमा मानिसहरुमा नागरिकहरुमा सचेतना भएन भने देश र समाज अगाडि बढ्न नसकिने बताउनुभयो । “खाली राजनीति कुराले मात्रै काम चल्दैन ,राजनीति कुरा चै गर्ने, सामाजिक सचेतनाको कुरा नगर्ने हो भने समाज अघि बढ्न सक्दैन ।”त्यसकारण यस्तो किसिमको सामाजिक सचेतनाको कार्यक्रम जरुरी रहेको बताउदै पुर्व उपप्रधानमन्त्री पोखरेलले सामाजिक सचेतना अभियानको महत्त्वपूर्ण कार्यक्रममा सहभागीहरुलाई दिर्घायु शु- स्वास्थ्यको शुभकामना दिनुभयो ।
पोषण शिविर कार्यक्रममा नेपाल डाइटिसियन एसाेसियसनकाे तर्फबाट उक्त संस्थाका अध्यक्ष समेत रहनुभएकी डाइटिसियन नानीशोभा शाक्यले बद्लिदो जीवनशैली, गलत खानपान, जंकफुडको अधिक प्रयोग, किटनाशक औषधीको गलत प्रयोगका कारण पनि मानिसहरुले खानामा आवश्यक पोषक तत्व प्राप्त गर्न नसकिरहेका बताइन् । जसका कारण मानिसहरुमा कुपोषण तथा पौष्टिक तत्वको कमीका कारण विभिन्न समस्या उत्पन्न भइरहेको छ ।
पोषणतत्वको कमीका कारण हुन सक्ने कुपोषणबाट बच्नको लागि खानामा पौष्टिक आहार समावेश गर्न जरुरी छ । विशेषगरी, बदाम, हरियो सागसब्जी, मेवा, सोया मिल्क, मसरुम, गेडागुडी, दाल, मटर, आलस , अन्न, ब्रोकाउनी, मासु, माछा, अण्डा, दूध तथा दूधबाट बनेका परिकार, टुसा उम्रेको खानेकुरा , रङ्गीवरङ्गी फलफूूल ,लगायतमा भरपूरमात्रा पोषण तत्व पाइने हुदाँ यस्ता खानेकुरालाई दैनिक आहारमा समावेश गर्न जरुरी रहेको डाइटिसियन नानी शोभा शाक्यले बताइन् ।
पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सु-पोषण सचेतना मुलक कार्यक्रमको ३ वटा विधिबाट सफलता पुर्बक सु-सम्पन्न भएको बताउदै कार्यक्रमको प्रमुख संयोजक नर्स डाइटिसियन हिरादेवि डंगोलले समुदायको मानिसलाई पोषण सम्बन्धि जानकारी दिएर गुणस्तरीय जीवनयापनको लागि अभिप्रेरित गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताइन् ।
पोषण शिविर कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा माननीय पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल,विशिस्ट अतिथि टोखा नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश डंगोल, वडा सदस्यद्वय शान्ता राई ,हरिकृष्ण श्रेष्ठ , सामाजसेवी मनिराज डंगोल , सत्यनारायण डंगोल , राजनीतिकर्मी गजराज श्रेष्ठ , राधेश्याम श्रेष्ठ ,नेपाल डाइटिसियन एसाेसियसनका अध्यक्ष नानीशाेभा शाक्य, रेनु यादव, ऐलिना गिरि, भिस्मा राई ,रुस्ना प्रधान, जुना ढुंगाना , असिस न्यौपाने र आज्ञा भुजेल तथा डा.बिकास श्रेष्ठ, डा.रबिन लाल श्रेष्ठ लगायत नर्सिङ बाट सानुछोरि डंगोल र सरिता फोजु , लगायत टाेखा सरस्वती स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयंसेविकाहरु र स्काउटको बिशेष उपस्थितिमा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको थियो ।

