• TOKHA LIVE

    • २१ भाद्र २०७९, मंगलवार १९:३१

    टोखामा अव्यस्थित तार हटाउन मेयरको निर्देशन

    टोखा लाइभ । २०७९ भदौ २१ गते।

    टोखा नगरपालिकाले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार हटाउने भएको छ । विभिन्न सेवा प्रदायक कम्पनीहरु सँगको छलफल पछि अव्यवस्थित तार हटाउन थालिएको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।

    सांस्कृतिक नगर टोखामा अव्यस्थित रुपमा राखिएका विजुलीका पोलहरुका तारले शहरको सुन्दरतामा नै ह्रास ल्याएको छ । पछिल्लो समय भएको संचार क्षेत्रको विकाससंगै थपिएको इन्टरनेट र विभिन्न केवल टिभीका तारको व्यवस्थापन हुन नसक्दा टोखा नगरपालिका शहरको स्वरुपमा ह्रँस आएको हो ।

    नगर प्रमुख अधिकारीले सबै सेवाप्रदायकलाई आआफ्नो तार पहिचान गर्न र एउटा पोलदेखि अर्कोसम्म कम्पनीको तार पहिचानको ट्याग राख्न आग्रह गर्नुभयो । तार व्यवस्थापन नगरिए नगरपालिकाले तार काट्ने उनको भनाइ छ ।

    इन्टरनेट सेवाप्रदायक, केबल अपरेटर्स एवं सेवाप्रदायकले टेलिकम र प्राधिकरणकै पोलबाट सेवा प्रवाह गरिरहेका छन् । सहरी सौन्दर्य कायम गर्न र अव्यवस्थित तार हटाउन टोखा नगरपालिकाले नगर प्रहरी, कर्मचारी परिचालन गरेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै