• TOKHA LIVE

    • १८ भाद्र २०७९, शनिबार २२:१५

    टोखा नगरपालिकामा ३५ दिन भित्र सार्वजनिक जग्गामा बनेका अवैध संरचना खाली नगरे डोजर चल्ने

    टाेखालाइभ डट कम/ भदौ १९,२०७९

    काठमाडौं । काठमाडौं महानगरपालिकामा अवैध संरचना भत्काउने र पार्किङ भनिएका ठाउँहरुमा पसल, होटलहरु खाली गराउने कार्य थालनी भएपछि देशका मुख्य शहर र नगरहरुमा अहिले व्यापक कार्यको थालनी भएको छ ।

    यसै सिलसिलामा टोखा नगरपालिकाले सरकारी जग्गा हडपेर व्यक्तिगत प्रयोग गर्नेहरुलाई नगर कार्यपालिकाको बैठकको यहि भदौ ९ गतेको निर्णयअनुसार ३५ दिने सार्वजनिक सूचना निकालिसकेको छ । ३५ दिनभित्र अतिक्रमित सरकार तथा सार्वजनिक जग्गा खाली गराउन सबै वडाकार्यालयहरुलाई सूचना टाँस्न नगरले ११ वटै वडामा निर्देशन दिइसकेको छ ।

    सार्वजनिक जग्गालाई हडपी घरटहरा तथा कम्पाउण्डमा बारलगाई राखेका जग्गाहरुलाई ३५ दिनभित्र खाली नगरले नगरपालिकाको कानुनअनुसार छुट्याइने नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकले बताउनुभयो ।

    यस विषयमा नगर प्रमुख प्रकाश अधिकारीले भने सार्वजनिक जग्गा कसैलाई पनि हड्प्न नदिने बताउनुभयो ।

    दलबाट निर्वाचित जनप्रतिनिधिलाई यो वा त्यो नभनी जनताको समर्थन र सहयोग साथ पाएमा सार्वजनिक जग्गाहरुको तथ्याङ्क संकलन गरी हड्प्नेहरुमाथि धमाधम कारवाही गर्न सके स्थानीय सरकार जनताको पक्षमा रहेछ भन्ने उदाहरण टाेखा वासीले प्रत्यक्ष अनुभव जनताले महसुस गर्नेछन् । काठमाडौंमा मेयर बालेनको डाेजर हेरिरहेका जनता टाेखामा त्यो दृश्यको अनुभुति गर्न हेर्नको लागि २५ दिने काउनडाउन सुरु भैसकेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै