टाेखालाइभ डट कम/ भदौ ११,२०७९
काठमाडौं /जनकल्याण सामाजिक केन्द्र तथा अयांश योग नेचर क्योर हस्पिटलद्वारा शुक्रबार काठमाडौंमा आयोजित नेपाल प्रहरीद्वारा साइवर क्राइम सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
त्यस्तै अयांश योग नेचर क्योर हस्पिटलद्वारा नि:शुल्क स्वास्थ्य शिविर ,रक्तदान कार्यक्रम , महिला आत्मरक्षा प्रशिक्षण , निशुल्क प्राकृतिक चिकित्सा तथा योग कार्यक्रम , उद्घोषण प्रशिक्षण , नगर स्तरीय अन्तर िक्रया कार्यक्रम समेत आयोजना गरिएको छ।
जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकास कु, दासको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी माननीय गृहमन्त्री बालकृष्ण खांणले दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार तथा वरिष्ठ पत्रकार भरत ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी माननीय गृहमन्त्री बालकृष्ण खांणले यो सामाजिक संस्थाले तपाई सबैले विपदको बेलामा जनताको जीवन रक्षाको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ। तपाईंहरुलाई धन्यवाद दिनको लागी नै आएको हो। म नेपाल सरकारको तर्फबाट तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।”- भन्नुभयो ।” सरकारको मुल दायित्व केहो भन्दा खेरी आफ्नो जन धन रक्षा गर्ने जुन समाजमा, जुन राष्ट्रमा नागरिकहरुले अकालमा मृत्यु वरण गर्नुपर्ने हुन्छ । त्यहाँ थुप्रै समस्याहरु झाँगिदै जान्छ त्यसकारण सरकार, राज्य देशको पहिलो दायित्व हो नागरिकहरुको आफ्नो धनजनको रक्षाको लागि नै समाजको निर्माण गरेको हो ।राज्य र राष्ट्र निर्माण भएको हो। नेपाल सरकार नेपाली जनताको जीवन रक्षाको लागि सधै प्रतिबद्ध छ ।” -_ भन्नुभयो ।

पुर्व रक्षामन्त्री भिमसेन दास प्रधानले नेपालमा साईबर क्राइम अत्यन्तै बढ्दै गैरहेको बताउदै साईवर अपराधबाट बच्न सामाजिक संजाल अनेक प्रलोभन देखाउँदै अपरिचित व्यक्तिबाट आउने विभिन्न खाले लाेटरी,एसएमएस ,गेम, पैसा माग्ने, माहोल चलिरहेको बताउनुभयो । यसबाट सधै सतर्क रहन सचेत गराउदै यस्ता ईमेललाई सकेसम्म नखोलौं र प्रतिउत्तर नगरी बस्न आग्रह गर्नुभयो ।

कार्यक्रमको नेपाली कांग्रेस वागमती प्रदेश सदस्य हरिहर अधिकारी, नेकपा माओवादी केन्द्र टाेखा नपाका अध्यक्ष दिपक बानियाँ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
टाेखा नगरपालिकाका मनोहर मावि , दिप ज्योति मावि , फ्लोरीसेन्ट सेकेन्डरि स्कुल, श्वेत सदन,कामना मावि रहेका ९ र १० कक्षाका ६५ जना छात्र – छात्राहरु लगायत जनप्रतिनिधि, स्थानीय वडा प्रहरी कार्यालय र सहभागीहरुलाई नेपाल प्रहरी साइवर क्राइम व्युरोका डिएसपी दिपेश जोशीले प्रशिक्षण दिनु भएको थियो ।

क्राइम व्युरोका डिएसपी दिपेश जोशीले साईबर क्राइम सम्बन्धि प्रशिक्षण दिदै साईवर अपराधबाट बच्न ध्यान दिनु पर्ने कुराहरु बताउनुभयो ।
अनेक प्रलोभन देखाउँदै अपरिचित व्यक्तिबाट आउने ईमेललाई सकेसम्म नखोलौं र प्रतिउत्तर नगरौं |
साईवर क्याफे जस्तो सबैले कम्प्युटर प्रयोग गर्ने ठाउँबाट सकेसम्म इन्टरनेट बैंकिङ (Internet Banking) जस्ता संवेदनशील कारोबार नगरौं | व्यक्तिगत सूचनाहरु जस्तैः पासवर्ड(password)¸ क्रेडिट कार्ड नम्बर र पिनकोड (pincode) मागिएका इमेलहरु को प्रतिउत्तर नगरौँ | Social Networking site हरुमा सकेसम्म आफूले चिनेको व्यक्तिलाई मात्र साथीको रुपमा एड (Add) गरौं । अनलाइनमा भेटिएका नयाँ साथीहरु संग communicate गर्दा सावधान रहौं ।आफ्नो र आफ्ना साथिहरुका व्यक्तिगत जानकारीहरु सकेसम्म online मा पोष्ट नगरौं ।जस्ता महत्त्वपूर्ण कुराहरु प्रशिक्षणका क्रममा राख्नुभएको थियो ।
कार्यक्रममा आयोजकको तर्फबाट प्रमुख अतिथी माननीय गृहमन्त्री बालकृष्ण खांणलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रमुख अतिथी गृहमन्त्री खांणले जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकास कु, दास र पदाधिकारीहरु लगायत महानगरीय प्रहरी वृत महाराजगन्जका डिएसपी अंगर जिसि ,वरिष्ठ पत्रकार भरत ढकाललाई कदर पत्र सहित सम्मानित गरेका थिए ।

त्यस्तै प्रमुख अतिथी गृहमन्त्री खांणले अयांश योग नेचर क्योर हस्पिटलका संचालक डा.रविनलाल श्रेष्ठ , डा. प्रिया रेवडी श्रेष्ठ र हस्पिटल प्रवन्ध निर्देशक सुनिल श्रेष्ठलाई कदरपत्र सहित सम्मानित गरेका थिए।

कार्यक्रममा शिव कैलाश कला मन्दीरका बहिनीहरुले आकर्षक नृत्य प्रस्तुति दिनुभयो ।

कार्यक्रममा जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकास कुमार दासले सहभागीहरु धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी माननीय गृहमन्त्री बालकृष्ण खांण, पुर्व रक्षामन्त्री भिमसेन दास प्रधान ,टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङ , टाेखा नपा वडा ६ का अध्यक्ष शान्ता खनाल पौडेल ,बानियाँटा,नेपाली कांग्रेस वागमती प्रदेश सदस्य हरिहर अधिकारी, नेकपा माओवादी केन्द्र टाेखा नपाका अध्यक्ष दिपक बानियाँ, क्राइम व्युरोका डिएसपी दिपेश जोशी
युवा क्लबका अध्यक्ष प्रविन बानियाँ,महानगरीय प्रहरी वृत महाराजगन्जका डिएसपी अंगर जिसि ,समाजसेवि मनिष जोशी ,टाेखा वडा ३ का पुर्व अध्यक्ष सिंहराज श्रेष्ठ ,नेपाली कांग्रेस टाेखा नगरका सभापति ओमकृष्ण बिमली , सामुदायिक सेवा केन्द्र गोङगबुका अध्यक्ष राकेश सिंह ,अयांश योग नेचर क्योर हस्पिटलका संचालक डा.रविनलाल श्रेष्ठ ,जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकास कुमार दास,युवा नेता तथा समाजसेवि वसन्त श्रेष्ठ लगायत नेपाल प्रहरी ,विभिन्न विद्यालयका विद्यार्थीभाइबहिनीहरु , अभिभावक ,पत्रकार बुद्धिजीवी महानुभावहरुको उपस्थिति रहेको थियो ।

