• TOKHA LIVE

      TOKHA LIVE

    • ३० श्रावण २०७९, सोमबार २०:३७

    श्रावण महिनाको अन्तिम सोमबार टोखा झोर र पशुपतिनाथमा भक्तजनको घुइँचो

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    श्रावण २४,२०७९

    श्रावण महिनाको अन्तिम सोमबार टोखा झोर र पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो रहेको छ।
    टोखा नगरपालिका वडा नं -१ झोरमा रहेको श्रीकृष्ण बरुणेश्वर (बौंडेश्वर) महादेवलाई हिन्दु धर्ममा महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा मानिन्छ।झोर झरना’को नामले समेत प्रसिद्ध बौंडेश्वर महादेव क्षेत्रमा करिब १ सय १० फिट र ८० फिट अग्ला दुईवटा झरना रहेको छ। त्यहाँ विशाल ढुङ्गाको गर्भमा करिब ५० फिटको गुफा पनि रहेको छ । त्यहीँ चट्टानमुनिको गुफाभित्र भगवान् गणेश, नागराज, नागरानी, शिवको मूर्ति सहितको शिवलिंग रहेको छ । बिहानदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

    पशुपतिनाथ मन्दिरको दर्शन गर्न रातको २ बजे देखि नै भक्तजनहरूको लाइन रहेको थियो। आज साउन महिनाको अन्तिम सोमबार भएकोले चारैवटा ढोका खुला रहेका थिए। पशुपतिनाथ मन्दिरको दर्शन गर्न लाइन भने वनकाली, जयबागेश्वरी, मित्रपार्क ,तिलगंगा सम्म लाइन लागेको थियो।
    पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तालु जनहरूलाई सेवा सर्भिस गर्न रातको समय देखि नै नेपाल स्काउट ,नेपाल प्रहरी ट्राफिक प्रहरी, महानगर प्रहरी लगायतका विभिन्न संघसंस्थाहरुले सेवा सर्भिस गरेको छ। पशुपतिनाथ मन्दिर भित्र धेरै घुइँचो नहोस् भनेर जताबाट लाइन आएको थियो उतैबाट फर्किन नमिल्ने गरी सेवा सर्भिस गरेको थियो। तर मन्दिर भित्र भने भक्तजनहरु कहाँ बाट बाहिर जाने भनेर भित्र अल्मलिएका थिए। वनकाली क्षेत्रको लाइनमा भने पशुपतिनाथको दर्शन गर्न आएका भक्तजन हरुलाई गेटबाट नै जुत्ता फूकाली झोलामा हाली टोकन लिएर हिँड्ने सुबिधा बनाइएको थियो यो सिस्टमलाई मन्दिर दर्शन गरेर बाहिर निस्किएर आफ्नो जुत्ता दिन लाग्दा महानगर प्रहरी सेवामा खतिएको तर मन्दिर दर्शन गरि आएका भक्तजन हरुलाई रूखो व्यवहार गरेका थिए।

    टोखा नगरपालिका वडा नं -१ झोरमा रहेको श्रीकृष्ण बरुणेश्वर (बौंडेश्वर) महादेवलाई हिन्दु धर्ममा महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा मानिन्छ।झोर झरना’को नामले समेत प्रसिद्ध बौंडेश्वर महादेव क्षेत्रमा त्यहाँ विशाल ढुङ्गाको गर्भमा करिब ५० फिटको गुफा पनि रहेको चट्टानमुनिको गुफाभित्र भगवान् गणेश, नागराज, नागरानी, शिवको मूर्ति सहितको शिवलिंग रहेको छ । त्यहाँ रहेको झरनामा स्नान गरी गुफा भित्रको बौंडेश्वर महादेवको पूजा तथा दर्शन गरेमा मागेको कुरा पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

    गुफा अगाडिको कुण्डभित्र क१०८ कुण्ड रहेको समेत विश्वास गरिन्छ । जसमध्ये पाञ्चजन्य कुण्ड, ऋषिकेश कुण्ड, देवदत्त कुण्ड, धनञ्जय कुण्ड र पाण्डव कुण्ड प्रख्यात रहेको छ। यस क्षेत्रमा शिवरात्रि, जनैपूर्णिमा, ऋषिपञ्चमी, नवरात्रि ,अक्षय तृतीया, वैकुण्ठ चतुर्दशी, श्रीकृष्णाष्टमी, तीज साथै बाला चतुर्दशीमा विशेष मेला लाग्ने गर्छ। सन्तान नभएकाहरूले स्वच्छ मनले बौंडेश्वर महादेवलाई घण्टा चढाएमा सन्तान लाभ हुन्छ भन्ने पनि विश्वास गरिन्छ ।

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै