टाेखालाइभ डट कम/नविना श्रेष्ठ
श्रावण २७,२०७९
टोखा नगरपालिका वडा नं २ कार्यालयको समन्वयमा नेवा: गुथि टोखाको आयोजनामा टोखा सास्कृतिक नगरीमा वर्षभरि दिवंगत भएकाहरु प्रति श्रद्धाञ्जली बिचा हायका स्मृति भाव सागर अंक ३ पुस्तक श्रद्धाभाव स्मृति सभामा विमोचनसँगै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

टोखा नगरमा वर्षभरि ४८ जना दिवंगत भएका छन् ।भगवती क्लबमा दिवंगत भएकाहरुको फोटो सहित स्मृति भाव सागर अंक ३ पुस्तक समेत साथमा दिई दिवंगत भएपनि सधैं स्मरण गर्ने हेतुले नेवा: गुथि टोखा द्धारा यस पुस्तकको परिकल्पनाका साथ प्रकाशन कार्यलाई अगाडि बढाइएको छ।

कार्यक्रममा टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,नेवा गुठीका अध्यक्ष रमेश नापित ,टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा वडा नं ३ का अध्यक्ष रमेश डंगोल,टोखा वडा २ का सदस्यहरु सविना श्रेष्ठ,आरेन डंगोल,अमर डंगोल, टोखा वडा ३ का सदस्य सान्ता राई ,टोखाका मु:नाय हेमराज श्रेष्ठ, टोखा नगरपालिकाका भुतपूर्व उपमेयर ज्ञानमाया डंगोल लगायत दिवंगत भएका आफन्तहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अध्यक्षहरुले दिवंगत भएका सम्पूर्णको आत्मा शान्तिको कामना गर्दै केही भनाइहरु राखेका थिए।



