• TOKHA LIVE

    • २७ श्रावण २०७९, शुक्रबार १७:०६

    चण्डेश्वरी स्कूलका कार्यालय सहयोगी दुतमान मगरको निधन

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    श्रावण २७,२०७९

    टोखा नगरपालिका वडा नं २ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा वि.स २०६२ साल देखि निरन्तर रुपमा कार्यरत कायार्लय सहयोगी दुतमान मगरको निधन भएको छ। उदयपुर जिल्लाको गाविस वडा नम्बर ४ स्थायी ठेगाना भएका दुतमान मगरको मिति २०७९ श्रावण ११गते असामयिक स्वार्गारोहण भएको हो।

    यस दुखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दै १३ दिनको दिनमा श्री चण्डेश्वरी माध्यमिक विद्यालय परिवारले वडा -२ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ लगायत वडा सदस्यहरू र स्कूल व्यवस्थापनका सदस्य हेराकाजी महर्जन डंगोल साथमा स्कुल शिक्षक शिक्षिका लगायत विद्यार्थीहरूको उपस्थितिमा श्रदान्जली शोक कार्यक्रम गरेका थिए। दुतमान मगरको नाममा स्कूलका शिक्षिका सुनिता डंगोलले[विदाइ गरे है] कविता वाचन गरेका थिए। त्यस विद्यालयको रेखदेख गर्दै आएको १७ वर्ष बिताइ सकेका मगरको जुम्ल्याहा छोरा राम मगर लक्ष्मण मगर र श्रीमती सुनिता मगर रहेका छन्। दुवै छोरा त्यसै विद्यालयमा अध्ययन गर्छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै