टाेखालाइभ डट कम/ श्रावण २५
तार्केश्वर नगरपालिका वडा १ स्थित श्री साङ्ला बालकुमारी माविको व्यवस्थापन समितिको नव निर्वाचित अध्यक्षमा सानुकाजी थापा चयन भएका छन।
कार्यक्रममा श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. तिकाराम भट्टले अध्यक्षता ग्रहण गर्नुभएको भएको हो। कार्यक्रममा समितिकमा अभिभावकको तर्फबाट सदस्यहरु विदुर सापकोटा, लक्ष्मण तिमलसिना, स्वस्थानी पराजुली अधिकारी, लक्ष्मी नारायण खड्गी, सुरेस केसी,उषा कुवँर, विद्यालयको तर्फबाट यादव प्रसाद फुयाल चयन भएका छन्।

बिगत २० बर्ष देखि संचारकर्म कार्यरत पत्रकार सानुकाजि थापाले विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने बताउदै विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न,विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने नवनिर्वाचित अध्यक्ष सानुकाजी थापाले बताए।उनले भने अब सबैको साथ र सहयोगबाट हामीले नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्छ।’
विद्यालयका प्रधानध्यापक डा. तिकाराम भट्टले विद्यालयको अवसर र चुनौती बिषयक छलफल गरी गुणस्तरिय शिक्षाको लागि दिएका सुझावलाई कार्यान्वयन गरि अगाडि बढ्नृ प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित व्यवस्थापन समितिका पदाधिकारीहरुलाई शुभकामना दिए।

