• TOKHA LIVE

      TOKHA LIVE

    • २५ श्रावण २०७९, बुधबार १६:२४

    जनै पुर्णिामा, गाइजात्रा र रोपाइँ जात्रामा ३ दिन सवारी आवतजावत नगरिदिनु हुन टोखा ३ को अनुरोध

    टाेखालाइभ डट कम/ श्रावण २५,२०७९

    काठमाडौं /तपाई श्रावण २७ , २८ र २९ गते ३ दिन ऐतिहासिक वस्ती टाेखा वडा २ र ३ मा सवारी साधन लिएर यात्रा गर्दै हुनुहुन्छ भने ऐतिहासिक वस्ती भित्र सयौं वर्ष देखि चल्दै आइरहेको सापारु गाइजात्रा ,रोपाइँ जात्रा जस्ता पर्वमा सवारी साधनको अत्यधिक चापका कारण यो विशेष पर्व प्रभावित हुन सक्छ जस्ले गर्दा हाम्रो संस्कृति नै कुरुप नबन्ला भन्न सकिन्न । त्यसले तपाईको एक सवारी साधनले सांस्कृतिक बिचलन पैदा नगरोस् । तपाईंको सवारी साधन ति ३ दिनको व्यवस्थापनले सांस्कृतिक टाेखा सहर मुस्कुराउछ भने मुस्कुराएर सबैले नियमको पालना गरौं ।

    यसैलाई मध्यनजर गर्दै टाेखा नगरपालिका वडा २ र ३ मा यहि श्रावण २७ , २८ र २९ गते हुने परम्परागत सांस्कृतिक पर्व जनै पुर्णिामा, गाइजात्रा र रोपाइँ जात्रामा सवारी आवतजावत नगरिदिनु हुन टोखा नगरपालिका वडा ३ ले अनुरोध गरेको छ।

    श्रावण २७ , २८ र २९ गते सो दिन हुने जनै पुर्णिामा, गाइजात्रा र रोपाइँ जात्रा गरि उक्त ३ दिन विशेष पर्वमा
    टाेखा प्राचीन वस्ती भित्र (वस्ती परिक्रमा गर्ने मुल बाटो ) का सडकहरुमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनहरु पार्किङ तथा जात्राको समयमा सवारी साधनहरु आवतजावत नगरिदिनु हुन यातायात तथा पार्किङ सम्बन्धमा एक सूचना प्रकाशित गर्दै ऐतिहासिक टाेखा नगरवडा वासीहरुमा टाेखा नगरपालिका ३ ले अनुरोध गरेका छन्।

    साथै हेभी गाडीहरू बैकल्पिक बाटोको प्रयोग गरि सहयोग
    गरिदिनु हुन समेत सम्बन्धि सबैमा सूचना मार्फत अनुरोध गरेको टाेखा नगरपालिका ३ का वडाध्यक्ष रमेश डंगोलले
    जानकारी दिए।

    सूचना :-

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै