• TOKHA LIVE

      TOKHA LIVE

    • २५ श्रावण २०७९, बुधबार ०६:५४

    टोखाका शिक्षाका ज्योति भक्त श्रेष्ठ रहेनन्

    नविना श्रेष्ठ/ टाेखालाइभ डट कम

    श्रावण २४,२०७९

    टोखाका शिक्षाका ज्योति अब हामी माझ रहेनन् । टाेखा वडा ३ त्वापचा निवासी शिक्षा प्रेमी,समाजसेवी, सांस्कृतिक प्रेमी श्रेष्ठको गत शुक्रबार ८३ वर्षको उमेरमा उहाँको घरमै निधन भएको हो । श्रेष्ठले टोखामा शिक्षाको ज्योति छर्ने काममा अविस्मरणीय योगदान पुर्याएका छन्। शिक्षा प्रेमी भक्त श्रेष्ठले वि.सं.२०१७ सालमा स्थापना भएको टोखाकै पहिलो श्री सरस्वती विद्यालयको स्थापना संगै यस विद्यालयको संस्थापक एवं व्यवस्थापन समितिको अध्यक्ष भै कार्यकाल सम्हालेका थिए ।

    श्रेष्ठको युवा अवस्थामा राजनीतिमा पनि निकै सक्रिय भुमिका निर्वाह गरेका थिए ।ऊनी टाेखामा नेपाली कांग्रेसका कार्यकर्ता भै सहपाठीहरूसँग मिलेर समाजिक कार्यमा लाग्नेक्रममा टोखाको शैक्षिक क्षेत्रमा केहि फड्को मार्नुपर्छ भन्दै शिक्षा क्षेत्रमा होमिएका थिए ।शिक्षासंगै श्रेष्ठले टोखाको चाकु बनाएर चाकुसंग धान,कोदो,मकै,गहुं र जौ जस्ता अन्नहरु साटेर चाकुको व्यावसाय गरि जिविकोपार्जन गर्ने क्रममा उनले खर्पनमा चाकु बोकेर नुवाकोट, भक्तपुर, र ललितपुर सम्म चाकु बेच्न लाने गर्दथे। १५ वर्ष अघि पत्नीको निधन पर्यन्त वियोगान्त जीवन बाचिरहेका श्रेष्ठका पाँच छोरा र दुई छोरी रहेका छन् । उहाँले बढी जसो समय कृषि, चाकु उत्पादन, नोकरी, दैनिक ज्याला मजदुरी र घरनिर्माण सम्बन्धिको ठेकेदारको काममा बिताउनुहुन्थियो। श्रेष्ठले त्यो बेलाको समयमा दरबारमा समेत जागिरे गरेका थिए। हाल टोखामा परम्परागत चाकु संरक्षण समाजका प्रमुख सल्लाहकार समेत रहनु भएका भक्त श्रेष्ठलाई स्थानीय टाेखाकै इन्द्रायणी भख्य: घाटमा शुक्रबार परम्परागत अन्त्येष्टि गरिएको हो। उहाँलाई उनको जेठा छोरा राजाराम श्रेष्ठले दागबत्ती दिएका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै