टाेखालाइभ डट कम/श्रावण २१,२०७९
काठमाडौं ।टाेखामा श्रावण २७ गते क्वाँटी पुन्ही, २८ गते सापारु (गाईजात्रा) र २९ गते रोपाइँ जात्रा निकालिने भएको छ। टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समिति , नेवाःगुथि तोखा र मुल नायो टाेखाको श्रावण २० गते बसेको भेलाले एक संयुक्त विज्ञप्ति जारी गर्दै नेवार समुदायको मृतकको नाममा निकालिने सापारु, अर्थात गाईजात्रा पर्व यही श्रावण २८ गते शनिवार गर्ने निर्णय गरेको छ ।
यस वर्षको जनैपूणिर्मामा हुने नेवार परंरागत संस्कार, पर्व अन्तर्गत क्वाँटी पुन्ही , गाईजात्रा ( सापारु) पर्व र रोपाइँ जात्रा, ३ दिन सम्मको जात्रा सम्बन्धि प्रकाशित २०७९ को पात्रोहरुमा बाँझिन गएकोले अन्यौल सिर्जना भएको छ। यश सम्बन्धि सम्बन्धित ज्योतिषहरु समेतसंग समन्वय गरि टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समिति , नेवा: गुथि तोखा र मुल नायो टाेखाको प्रतिनिधि बिच छलफल गरि यहि श्रावण २७ गते क्वाँटी पुन्ही,श्रावण २८ गते सापारु (गाईजात्रा) र श्रावण २९ गते रोपाइँ जात्रा पर्व मनाउन हुन संयुक्त विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।
संयुक्त विज्ञप्ति;


