टोखालाइभ डट कम / श्रावण २०,२०७९
काठमाडौँ ।टाेखा नगरपालिका वडा ३ मा रहेको विन्ध्यावासिनी माध्यामिक विद्यालय टाेखा नगरपालिकाकै उत्कृस्ट विद्यालय बनेको छ।
गत बुधबार प्रकाशित २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देशभरबाट चार लाख ७३ हजार एकसय ११ जना सहभागी मध्ये देश भरबाट ४२ र काठमाण्डौ जिल्लामा १० जना विद्यार्थीहरुले ४ जिपिए ल्याएको एसईइ परिक्षामा टाेखाको विन्ध्यावासिनी माध्यामिक विद्यालयका जोनी महर्जनले ३.८५ प्रतिशत जीपीए सहित पास गराएको विन्ध्यावासिनी माध्यामिक विद्यालय उत्तरी भेगकै उत्कृस्ट विद्यालय बनेको हो।
त्यस्तै, टोखा ३ अवस्थित सत्यसाइ शिक्षा सदनका मनिष यादव र अग्रज भट्टराईले ३.८० प्रतिशत जीपिए ल्याएका छन् । भने, विन्ध्यावासिनी माध्यामिक विद्यालयकी प्रेहिशा महर्जनले ३.७० जीपिए ल्याएकी छन् ।
सामुदायीक विद्यालय तर्फ उत्कृष्ट नतिजा श्री सरस्वती माध्यामिक विद्यालयको ३.६ जीपिए रहेको छ । त्यस्तै, बैडेश्ववर माध्यामिक विद्यालय ३.५०, झोरमहाँकाल मा.वि २.७० र चण्डेश्वरी मा.वि. २.३ प्रतिशत जीपिए रहेका छन् ।
त्यस्तै संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा विन्ध्याबासिनि माध्यामिक विद्यालय ३.८५ र ३.७० जीपिए रहेको छ । त्यस्तै सत्यसाइ शिक्षा सदन ३.८०, अमर माध्यामिक विद्यालय ३.६, लक्ष्मीपुर मा. वि ३.५५ , गणेश मा.वि ३.६, ओएसिस पब्लिक एकेडेमी ३.६५, पब्लिक मा.वि ३.३५ र त्रिवेणी मा.वि ३.३५ प्रतिशत जीपिए रहेका छन् ।
विन्ध्यावासिनी माध्यामिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याए पछि खुशी हुँदै विद्यालयका प्रीन्सिपल बेखानारायण डंगोलले
विद्यार्थीहरुमा मेहनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउँछ भन्ने मान्यता राखेको बताउदै यस वर्ष काठमाडौँको टाेखा नगरपालिकामा उत्कृष्ट विद्यालयको रुपमा विन्ध्यावासिनी माध्यामिक विद्यालयलाई उभ्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शिक्षक ,अभिभावक र विद्यार्थीहरुलाई धन्यवाद दिएका छन।

