• TOKHA LIVE

    • १६ श्रावण २०७९, सोमबार २०:३४

    काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या

    टाेखालाइभ डट कम/श्रावण १६,२०७९

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली पदमसालमा मृत फेला परेका चार जनाको पहिचान खुलेको छ । काठमाडौं प्रहरीका अनुसार मृत फेला परेका उनीहरुको हत्या भएको हो । हत्या हुनेमा श्रीमान­–श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ । गोरखा भीमसेन गाउँपालिका–६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका पाण्डे परिवारका सदस्य सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

    घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घरको ढोका भित्रबाट बन्द गरिएको अवस्थामा भेटिएको र ढोका फोडेर हेर्दा चारजना मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् । उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -साझा पानाबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै