• TOKHA LIVE

    • १५ श्रावण २०७९, आईतवार १४:५०

    टाेखा झुडाेल मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    टाेखालाइभ डट कम/श्रावण १५,२०७९

    काठमाडौं / आज टाेखा नगरपालिका वडा ३ स्थित झुडाेल सडकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    टाेखा नगर प्रहरी प्रभागका अनुसार मृत्यु हुनेमा तार्केश्वर नगरपालिका मनमैजुमा बसोबास गर्ने २६ वर्षीय रोजिना महर्जन रहेका छन् ।उनको टाउको गम्भीर चाेट लागेको थियो । दक्षिणबाट पश्चिमतर्फ आउँदै गरेको बा ९६प २४४५ बाइक र टाेखाबाट ग्राण्डीतर्फ जाँदै गरेको बा ०२९ प / १०९८ स्कुटर एकापसमा ठक्कर खाएको थियो । दुर्घटनामा बा ०२९ प / १०९८ नं.को स्कुटर चालकको उपचारका लागि ग्राण्डी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अर्का मोटरसाइकल चालक टाेखा नगरपालिका वडा – ३ का २४ वर्षीय समीर श्रेष्ठ सिकिस्त घाइते भएको छ । बायाँ खुट्टा र अनुहारमा चोट लागेको श्रेष्ठको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै