• TOKHA LIVE

    • ६ श्रावण २०७९, शुक्रबार ०७:५२

    अबिरल बर्षा र बाढीका कारण तारकेश्वर नगरपालिकाका सबै वडाहरु प्रभावित

     टाेखालाइभ डट कम/श्रावण ६, २०७९

    काठमाण्डौं । गएराती अबिरल बर्षा र बाढीका कारण तारकेश्वर नगरपालिकाका सबै वडाहरुमा प्रभावित भएको छ ।सबैभन्दा बढी प्रभाव वडा नं १ साङलामा पुलनै बगाएको छ । अबिरल बर्षा र बाढीका कारण पुलमा अत्यधिक क्षती हुँदा गोगंबु , छाप साङ्गला सडक पूर्ण रुपमा अवरुद्ध भएपछी स्थानिय जनसमुदाय वडावासिहरुमा सवारी आवत–जावतमा ठूलो समस्या परेको छ ।

     

    त्यस्तै वडा नं ३ जितपुर फेदीमा पहिरोले केहि घरहरु जोखिममा परेको छ । खोलाको बहाब अत्याधीक बढेपछि साङलेखोला करिडोर सहित अन्य खोला आसपासका स्थानीयहरु मध्यराती सम्म नसुती बसेका थिए ।

    त्यस्तै वडा नं १,२,३,४,५,६  का धेरै सडकहरुमा बाढीका कारण क्षती पुगेको छ भने केहि घरहरु पहिरोका कारण जोखिममा परेका छन् । खोलाको आसपासमा नदि जन्य बालुबाको दोहनले पुल भासिदै गहिरहेको स्थानीयबासीको भनाई छ । स्थानीयले उक्त स्थानमा बालुवा झिक्ने काम तत्काल रोक्न माग गरेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै