टोखा १ मा बौडेश्वर मन्दिर तथा झरनाको संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न राखियो परिचय बोर्ड
टाेखालाइभ डट कम/साउन ४
टोखा नगरपालिका वडा नम्बर १ बौडेश्वर मन्दिर तथा झरनाको सरक्षण र यस क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न परिचय बोर्ड राखिएको छ ।श्री बौडेश्वर मन्दिर तथा झरनाको सरक्षण, प्रवर्द्धन र यस क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्येश्यले १ न वडा कार्यालयले सिमाचौर चोक र लालबारीमा श्री बौडेश्वर मन्दिर तथा झरना लेखिएको बोर्ड राख्ने कार्य सम्पन्न गरेको छ साथै आगामी दिनहरुमा यस १ न वडामा अवस्थित ऐतिहासिक, धार्मिक तथा सास्कृतिक क्षेत्रहरुको प्रवर्द्धन गर्न विभिन्न स्थानहरुमा स्थान विशेष बोर्डहरु राखिने वडा कार्यालयले जनाएको छ ।

यस क्षेत्रकै परिचित मन्दिर तथा झरना परिचय गराउने बोर्ड राख्दै वडाले उदाहरणीय काम गरेको हो । कतिपय नव आगन्तुक गुगलबाट गन्तव्य पहिचान गर्दै झरना पुग्नु परेको समयमा मन्दिर तथा झरना परिचय बोर्ड ठाउँ ठाउँमा स्थापना गरेसंगै यस प्रकारको समस्या समाधान हुने स्थानीयले बताएका छन् ।उपत्यकाकै पर्यटकीय गन्तव्य मानिदै आएको बौडेश्वर मन्दिर तथा झरनाको सरक्षण, प्रवर्द्धन र यस क्षेत्रमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्येश्य रहेको १ नम्बर वडा कार्यालयले जनाएको छ । नव निर्वाचित अध्यक्ष रमेशकुमार लामिछानेले झरना तथा मन्दिर प्रचारप्रसार गरेर मात्र पनि यस क्षेत्रबाट भित्रिएको राजस्वले झोरको बिकासमा कायापलट हुने बताए ।