टोखा लाइभ , न्युज डेस्क ! ३२ असार ,२०७९
टोखा भगवती क्लबको परिसरमा भगवती क्लब द्वारा संचालित टोखा तेक्वान्डो डोजांग को औपचारिक उदघाटन भएको छ । तेक्वान्डो खेलको उदघाटन असार ३२ गते शनिवार कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले ले गरेका हुन् । उद्घाटनमा उपस्थित अतिथिहरु र खेलाडीहरुले मिलेर रास्ट्रगान गाउँदै कार्यक्रम उदघाटन गरिएको थियो ।

भगवती क्लबको परिसरमा रहेको यो तेक्वान्डो डोजाङ को यही वर्ष २०७९ मा स्थापना भएको हो । यसका संस्थापक अध्यक्ष मनिष जोशी हुन् । हाल यस खेलमा ६० जना खेलाडी रहेको उनले जानकारी गराए ।

तेक्वान्डो डोजाङ को उद्घाटन गर्दै दक्षिण एसियाली खेलकुद साफमा लगातार चार पटक स्वर्ण पदक जितेका दिपक विष्टले यस तेक्क्वान्डो खेलको स्थापनाले खेलाडीमा हौसला थपिएको बताउँदै यसले खेलाडी स्तरोन्नतिमा अहम भूमिका खेल्ने बताए । दक्षिण कोरिया छँदा मनिष जोशी संग भेंट भएको सोही भेटघाटले अहिले सपना साकार भएको कुरा उनले विगतको कुरा स्मरण गराए। त्यस्तै, तेक्वान्डोका अध्यक्ष मनिष जोशीले तेक्वान्डो को संचालनले १४ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उत्कृष्ट नतिजा ल्याउन सहायकसिद्ध हुने बताए ।उनले विगतमा पनि यो खेल सन्चालनमा आएको तर प्रशिक्षकलाई तलव दिन नसकेकोले यो बीचमा रोकेको तीतो अनुभव सुनाए। सन् १९८८ देखि यस खेलले एशियन गेम्समा पहिलो पटक प्राथमिकता साथ राखेको थियो। नेपालकका प्रतिभावान खेलाडीहरूमा संगीना वैध , सविता राज भण्डारी लगायत खेलाडी उत्पादन भएको मनिष जोशीको अनुभव छ।
कार्यक्रमका प्रमुख अतिथि मुरारी तामाङले आफु पनि पहिला कराते खेलका ४ डान भएको हुँदा अहिले मुलुकलाई सवैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने तेक्वान्डो खेलको टोखामा सन्चालनमा आउनु नेपाली खेलकुुदको लागि राम्रो संकेत भएको बताए ।
त्यस्तै कोरियाली तेक्वान्डो खेलका प्रशिक्षक किम जोन हो ले टोखामा तेक्वान्डो खेलले खेलाडीहरुमा नौलो जोश पैदा गरेको र निकट भविष्यमै त्यसको परिणाम देखिने बताए ।आफु पहिला पनि टोखामा विस्का: जात्रा हेर्न आएको हुँदा मेरो टोखा संग भावनात्मक सम्बन्ध रहेको कुरा खुलस्त गराए। शान्त मिजासका चर्चा मा आउन नचाहने किम भविष्यमा यहॉको खेलाडीलाई कोरियामा लगेर प्रशिक्षणको व्यवस्था मिलाई दिने कुराको आश्वासन दिनु भयो । यसले खेलाडीको स्तरमा वृद्धि हुने उनको भनाई छ।
भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशीको अध्यक्षतामा सम्पन्न तेक्वान्डो खेलको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि टोखा नगरपालिका २ वडाका वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नन्द कुमार राई (नेपाल तेक्वान्दो संघका उपाध्यक्ष) केशव पुरी (तक्वान्दो संघ बाग्मती प्रदेश अध्यक्ष), नविन कुमार श्रेष्ठ (नेपाल तेक्वान्दो संघ चिफ कोच), डा. अचुतम लामिछाने (तेक्वान्दो खेल अन्तरगत स्पोर्टस् साईन्सका विद्यावारिधी गरेका विज्ञ), कीम जेम (नामुम् ग्वा भिजन अध्यक्ष), मनिष जोशी , रमेश नापित , दिपक बिष्ट (साग खेलमा ४ वटा गोल्ड मेडलिष्ट) काजल श्रेष्ठ (तेह्रौ सागका गोड मेडलिष्ट), अनुज पुरारी (पुलिस टीमका कोच), सुरेन्द्र बहादुर महरा (टोखा भगवती तेक्वान्दो डोजाङका प्रशिक्षक) लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन पुरी जोशीले गरेका थिए।

