• TOKHA LIVE

      TOKHA LIVE

    • ३२ असार २०७९, शनिबार २१:१९

    श्री चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको अध्यक्षमा पुनःधुर्वराज जोशी

    टाेखालाइभ डट कम /असार ३२ काठमाडौँ ।

    श्री चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको अध्यक्षमा पुनः धुर्वराज जोशी चयन भएका छन् । संस्थाको आज टाेखा नगरपालिका वडा २ स्थित चण्डेश्वरी मन्दिर प्राङ्गणमा सम्पन्न भएको चौथौँ साधारण सभाले जोशीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।धुव्रराज जोशीको यो दोस्रो कार्यकाल हो। यस अघि पनि उनी चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिको अध्यक्ष भै कार्यकाल सम्हालेका थिए । त्यस्तै समितिको उपाध्यक्षमा गगन कुमार श्रेष्ठ, सचिवमा प्रदिप श्रेष्ठ, सहसचिवमा नरायण खत्री, कोषाध्यक्षमा हरिप्रसाद डंगोल, सहकोषाध्यक्षमा विजय लक्ष्मी श्रेष्ठ, सदस्यहरुमा तिर्थ माया श्रेष्ठ, हरिमाया श्रेष्ठ, बालमुकुण्ड खत्री, सुकु नारायण श्रेष्ठ, बालीराज श्रेष्ठ, विकास जोशी रामलाल श्रेष्ठ र मोतिलाल श्रेष्ठ रहेका छन् ।भने संस्थाको सल्लाहकारमा मंगलबहादुर कर्माचार्यलाई चयन गरिएको छ ।

    निर्माण समितिको साधारण सभामा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको थियो । समितिले आफ्नो साधारण सभाको अवसरमा स्थानीय निर्वाचनमा नवनिर्वाचित नगर प्रमुख उपप्रमुख लगायत टोखा १,२ र ३ का जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, टोखाका मुल नाय हेमराज श्रेष्ठ, टोखा १ का वडाध्यक्ष रमेश लामिछाने, टोखा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा ३ का अध्यक्ष रमेश डंगोल, टोखा १ का निवर्तमान अध्यक्ष श्रीकृष्ण अधिकारी, पुर्व चण्डेश्वरी गाविसका अध्यक्ष कशिनारायण श्रेष्ठ, माईला डंगोल , टोखा संस्कृति संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापित लगायतको उपस्थिति रहेको समितिको उपाध्यक्ष गगन कुमार श्रेष्ठ जानकारी दिनुभयो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै