• TOKHA LIVE

    • २९ असार २०७९, बुधबार २०:४९

    सपनतीर्थ भजन खलले मनायो गुरु पूर्णिमा

    टोखा लाइभ ।२०७९ असार २९ गते ।

    काठमाडौं । प्राचीन गुरुकूल परम्पराबाट सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ । प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ । आज सपनतीर्थ भजन खल: लबुँले सपनतीर्थमा भेला भएर गुरूपूर्णिमा मनाएको छ ।

    ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

    अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

    गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
    गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमस् ।।

    माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

    गुरु पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै