• TOKHA LIVE

    • २६ असार २०७९, आईतवार ०७:४३

    टोखा भगवती क्लबको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

    टोखा लाइभ । असार २६ गते आइतवार २०७९।

    काठमांडौं। टोखा भगवती क्लबले गत वर्षको “बी”डिभिजन लीगमा सहयोग गर्ने विभिन्न संघ ,संस्था , व्यक्ति विशेष एवं नवनिर्वाचित जनप्रतिनिधिहरुलाई असार २५ गते एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान व्यक्त गरेको छ ।

    टोखा स्थित बी एल पार्टी प्यालेसमा भएको सो कार्यक्रममा भगवती क्लब को अध्यक्ष इन्द्रराज जोशी को अध्यक्षतामा र प्रमुख अतिथि टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र उप मेयर मुरारी तामॉगको आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा टोखा नगरपालिकाध्यक्ष वडा अध्यक्ष १ देखि ११ वडाका नबनिबाचित रमेश लामिछाने, धर्मेंद्र श्रेष्ठ, रमेश डंगोल, धर्मेंद्र श्रेष्ठ, मदन गुरूंग, शान्ता पौडेल, नरोत्तम राणा, रमेश खत्री, रामभक्त घिमिरे, मचाकाजी महर्जन र धनश्याम खडका लगायत १८० जनाको टिमलाई खादा र कदर पत्रका साथ सम्मान गरिएको थियो ।

    कार्यक्रममा टोखा नगरपालिका २ का पूर्व वडा अध्यक्ष दिपकराज जोशीले टोखामा खेलकुद विकासको लागि स्वास्थ्य, अनुशासन र मित्रताको लागि भएको चर्चा गर्दै भख्यो चौरलाई उत्कृष्ट फुटबल मैदान बनाउन अनुरोध गर्नु भयो।भख्योमा डीपीआर बन्यो तर स्टेडियम बनेन । साथै टोखामा फुटबल खेलाडी उत्पादन गर्नका लागि क्लब संग सहकार्य गरेर एकेडमी बनाउन सुझाव दिनु भयो।

    यसै गरी क्लबका पूर्व अध्यक्ष रमेश नापितले क्लबले विगतमा गरेको संघर्ष बारे स्मरण गराए।

    ग्रान्डीअस्पतालका अध्यक्ष दिपक कुँवरले राजनीति विर्सेर विकासमा एकजुट भई अगाडी बढनु पर्ने कुरामा जोड दिनु भयो। “आउनुस, मलाई सल्लाह दिनुस। म टोखाको लागि केही गर्नेछु। टोखा विकासमा रफ़्तारले अगाडी बढेको छ। “हाम्रो टोखा राम्रो टोखा “ बनाउन एकजुट होऔ ं।” उनले सुनाए।

    टोखा को खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको बताउँदै एन्फा अध्यक्ष पंकज विक्रम नेमवॉगले हामी पनि आर्थिक रूपले सबल छैनौं।फिफाको सहयोगले हामी चलेका छौं।हामीले पनि विदेशी दाताको अनुशरण गर्नुपर्छ ।एन्फाको नीति अनुसार यहॉ को रंगशाला निर्माणमा सबैको सहभागीता रहने छु। वहॉले बताउनु भयो।

    कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखालाई चिनाउने अहिले खेल मार्फत प्रयास रहेको र आफ्नो क्षमता प्रर्दशन गरेका खेलाडीलाई सम्मान व्यक्त गर्नु नगरपालिकाको दायित्व हो भन्नुभयो ।यदि भगवती क्लब “A” डिभिजन लिगमा गएको खण्डमा टोखा नगरपालिकाले १ करोडको बजेट राख्नेछु। यसले इतिहास रच्नेछ। म छिटो नै “टोखा खेलकुद समिति “ निर्माण गर्नेछु । यसमा राजनीति हुने छैनौं।फोहोरको पनि उचित व्यवस्थापन गर्नेछु । तपाईंहरू योजना बनाउनुस । कसैले गुणस्तरीय काम गरेमा मलाई खबर गर्नु होला। म ठामको ठान कारवाही गर्नेछु । राम्रो टोखा बनाउनको लागि हामी सबैको दायित्व हो भन्नुभयो ।

    कार्यक्रममा सबै लगायतको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन भगवती क्लबका महासचिव दीपेन्द्र डंगोलले गरेका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै