• TOKHA LIVE

    • ८ असार २०७९, बुधबार १४:१९

    तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जन र नेविप्राका प्रबन्ध निर्देशक कुलमान घिसिङबिच भेट

    टाेखालाइभ डट कम/असार  ३,२०७९

    काठमाडौ । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृण्णहरि महर्जन र नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबिच भेट भएको छ । तारकेश्वर नगरभित्र रहेका अब्यवस्थित विजुलीका तारहरूले जुनसुकै बेला ठुला दुर्घटना निम्त्याउन सक्ने र नगरको सौन्दर्यलाई समेत मध्यनजर राख्दै मुख्य सडक खण्डका विजुजीका तारहरुलाई महानगरमा जस्तै अन्डरग्राउण्ड गर्नुका साथै र अन्य केवल र इन्टरनेटका ताररुहरुलाई समेत ब्यबस्थित गरि मुख्य सडकका दायाँबायाँ बृक्षारोपण गरी नगरको सौन्दर्य बढाउनको लागि प्राधिकरणले सहयोग गरीदिनका लागि मेयर मर्हजनले आग्रह गरेका छन् । प्रधिकरणका तर्फबाट पनि सकारात्मक जवाफ आएको छ।

     

    प्रधिकरणका निर्देशक कुलमान घिसिङ सामु नगर प्रमुखबाट ज्ञापनपत्र बुझाईको छ । स्वच्छ, सफा, सुन्दर र हरियालियुक्त्त नगर आजको आवश्यकता भन्ने मुल नाराअनुसार नै नगर प्रमुखले तार व्यवस्थापनको कार्य आगाडी बढाएका हुन् ।केही दिन अघि नगर प्रमुखले अब्यबस्थित जग्गा प्लटिङ गर्न रोक लगाएका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै