टाेखालाइभ डट कम/असार ६,२०७९
काठमाडौं :टाेखालाइभकर्मी नविना श्रेष्ठ सम्मानित भएका छन् ।नेपाल स्काउट प्रधान कार्यालयले आइतबार आयोजना गरेको नेपाल स्काउटको ७१औं स्थापना दिवस मुल समारोहका अवसरमा टाेखा छहरे मिडियाद्वारा प्रकाशन टाेखालाइभ डट कमका संवाददाता नविना श्रेष्ठलाई कोभिडको समयमा समाचार सम्प्रेषण एवम् संकलन गरि स्काउटको गतिविधिहरुलाई सञ्चार माध्यम मार्फत प्रसारण गरेको भन्दै ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको हो।

श्रेष्ठले टाेखा स्काउट , मछिन्द्र क्यू स्काउट लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भै टाेखालाइभ डट कममा बिगत एक वर्ष देखि संवाददाताको रूपमा कार्यरत भै ऐतिहासिक संस्कृति संरक्षित क्षेत्र टोखाको जिवन्त परम्परागत मौलिक, भाषा, कला, संस्कृतिको सबल पक्षलाई उजागर गरि निरन्तर समाचार संम्प्रेसण गर्दै आइरहनु भएका नविना श्रेष्ठलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउट पत्रकारिता पुरस्कार’द्वारा सम्मान गरिएको हो ।

टाेखालाइभकर्मी श्रेष्ठ सहित ११ जना पत्रकारलाई ‘नेपाल स्काउट पत्रकारिता पुरस्कार’बाट सम्मान गरेको हो ।सम्मानित हुने पत्रकारहरुमा सानुकाजी थापा ,सुदर्शन बजगाँई,दिपक अर्याल ,अनिता भेटुवाल,सन्ध्या ढुंगाना ,बिदुर खतिवडा ,दिपेश घिमिरे ,रवि कुमार बरुवाल,भिक्टर पौडेल र सन्तोष कुमार थापा रहेका छन् ।

