• TOKHA LIVE

    • ३ असार २०७९, शुक्रबार ०९:२४

    टाेखा नगरपालिका वडा ६ मा ७ दिने उद्घोषण तालिम सुरु

    टाेखालाइभ डट कम/ असार ३,२०७९

    काठमाडौं /आयोजक टाेखा नगरपालिका वडा ६ को आर्थिक सहयोगमा संचालन भएको ७ दिने महिला विकास वडा संजालको क्षमता विकास कार्यक्रमको उद्घोषण कार्यक्रम सुरु भएको छ। ७ दिने महिला विकास वडा संजालको क्षमता विकास उद्घोषण कार्यक्रमको ट्रेडलिङ्क टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट प्राली काठमाडौंका प्रशिक्षकहरुले वडाका ३३ जना महिला सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएका छन् ।

    टाेखा नगरपालिका वडा ६ को मनकामना मन्दिर स्थित संचालन भएको कार्यक्रममा टाेखा नगरपालिका वडा ६ का अध्यक्ष शान्ता पौडेलले महिला विकास वडा संजालको क्षमता विकास कार्यक्रम अन्तर्गत ७ दिने उद्घोषण तालिमले महिलाको क्षमता अभिवृद्धि भै समाजमा महिला दिदिबहिनीहरुको बौद्धिकस्तरमा समेत वृद्धि भै आत्मनिर्भर हुन सहज हुने विश्वास व्यक्त गरिन। कार्यक्रममा टाेखा नगरपालिका ६ का वडा अध्यक्ष शान्ता पौडेल,सदस्यहरु ममता सुनार विक,तन्जु नेपाल लुइँटेल , चन्द्र श्रेष्ठ ,बलराम राउत लगाएतको उपस्थिति रहेकोे थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै