टाेखालाइभ डट कम/असार ३,२०७९
काठमाडौं ।तारकेश्वर नगरपालिका वडा नं. ९ को कार्यालयमा महत्त्वपूर्ण उपकरणहरु चोरी भएको छ । गए राती वडा कार्यालयमा भएका ३ थान कम्प्युटर, १ थान इलेक्ट्रीक हाजिर मेसिन, ३ थान मल्टीपल्क, सिसि क्यामेराको हार्डडिस्क लगायतका सिस्टमहरु र कार्यालयमा प्रयोग गरिने चप्पलदेखि वर्षातिसम्म चोरी भएपछि वडा कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरु प्रभावित भएको छ ।
वडा कार्यालय परिसरका मुख्य दुई गेटहरु भने बन्द अवस्थामा नै रहेको थियो । कार्यालय समयमा कार्यालयका सहायक कर्मचारीले भित्र जान खोज्दा सबै ढोकाहरु खुल्लादेखि पछि निजले तत्काल प्रहरिलाई खबर गरेका थिए ।बालाजु प्रहरी वृत्तका डिएसपि गौतम मिश्र सहितको प्रहरि टोली नगर प्रमुख कृष्णहरि महर्जनले कार्यालयको अवस्थाबारे घटना थाहा पाउने वित्तिकै अनुगमन गरेका थिए ।फाेटाे सौजन्य:साझापाना

