• TOKHA LIVE

    • २ असार २०७९, बिहीबार ०६:५३

    तारकेश्वर नगरपालिकामा डोजर चलाउन र जग्गा कित्ता काट गर्न नपाइने

    टाेखालाइभ डट कम/असार २,२०७९

    काठमाडौं/तारकेश्वर नगरपालिकाले नगरपालिका भित्र डोजर चलाउन र जग्गा कित्ता काटमा रोक लगाएको छ। जग्गा प्लटीङ्ग गर्ने नाममा डोजर चलाउदा बर्खायाममा हुन सक्ने प्रकोपबाट सम्भावित खतरा रोक्न नगरपालिकाले सूचना जारी गर्दे अर्को सूचना जारी नभएसम्म डोजर चलाउन रोक लगाएको छ ।कसैले डोजर चलाइएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गर्ने र अन्य व्यक्तिको सम्पत्तिमा क्षति भएमा स्वंयमले भरताल गर्नुपर्ने नगरपालिकाका ईन्जिनियर पूर्णकाजी मर्हजनद्धारा जारी गरिएको सूचना उल्लेख गरिएको छ।

    सरकारले गत २३ जेठमा जारी गरेको भूउपयोग नियमावली (२०७९ले नियमावली अुनसार अव तारकेश्वरमा पनि वर्गीकरण नभएका जग्गाहरु धितो ,बन्धकमा , कित्ताकाट आदी सबै बन्द भएको छ ।
    नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित मालपोत कार्यालयहरुले वर्गीकरण नभएका जग्गाको कारोबार रोक्का राख्न छाडेका हुन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार मनित्रपरिषदबाट पारित भएको नियमावली अनुसार अब वर्गीकृत नभएका जग्गा धितो रुपमा राख्न नसकिने देखिएको छ ।

    तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको हो ।

    यस अघि मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिइसकेको छ।

    खेती योग्य जमिन वा कृषि योग्य नभएको, कुन प्रयोजनको लागि हो सो वर्गीकरण गर्नु पर्ने र सोही वर्गीकरणको आधारमा मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनको लागि सिफारिस गर्नुपर्ने मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।

    तारकेश्वर नगरपालिकाले जारी गरेको सूचना:-

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै