• TOKHA LIVE

    • २ जेष्ठ २०७७, शुक्रबार १४:५५

    हलिं नेवा : गुठीको प्रेस रिलिज- “सुकुम्वासी भएर पनि किन धरातल विर्सेको होला” ?

    सरकारले अहिले सुकुम्वासी आयोग बनाएको छ । अब सुकुम्वासीहरूलाई कालापानी , लिपुलेक र लिम्पियाधुरामा जग्गा वितरण गरेर नेपाली सेनालाई पनि त्यहाँ राखे कसो होला त ? काम कुरो एका तिर कुम्लो बोकि ठिमी तिर भने झैं यो लक डाउनका बेला सर्वसाधारण बाहिर निस्किन नसक्ने स्थितिमा कतिको प्रभावकारी होला सुकुमवासी आयोगको काम ? यसको नैतिक जिम्मेवारी कसले लिने ? गत २ महिना देखि सामाखुसी स्थित सुकुम्वासी बस्ती सुनसान थियो । एकजना नुवाकोटको सुकुम्वासी भेटिए । बस्ती किन सुनसान ? टोखा लाइभको प्रश्नमा उनले भने, “कोरोनाबाट बच्न सबै आ- आफ्नो गाउँघर फर्किए । हामी सुकुम्वासी भएर पनि जिल्लाको नेतालाई यो घर- बहाल तिर्नु पर्दछ ।यो घर हाम्रो नाममा छैनन्। सबै घरहरू नेताको नाममा छन्।”

    उनीहरु सक्कली सुकुम्वासी त हैनन भन्ने कुरा यसले प्रमाणित गर्यो ! तिनीहरू यहॉ आउँदा आफ्नो घरबाट रॉगा र भैसीं लिएर आउँछन र बेच्छन्। र तिनीहरू आफ्नो व्यवस्था आफै गर्न सक्षम छन ।यसलाई नचाहिदो राजनितिक गोटी नबनाईयोस । तर अहिले जमिन हुनेहरु पनि त्यसलाई चटक्कै छोडेर विदेश गए। अझै पनि नीति निर्माताहरु ‘सुकुम्बासी आयोग’ बनाउन रुची राख्छन्। तर कृषिलाई आकर्षक रोजगारीको थलो बनाउनेतिर लाग्दैनन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै