टाेखालाइभ डट कम/जेठ २९,२०७९
तारकेश्वर नगरपालिकामा ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिने भएको छ । तारकेश्वर नगरपालिकाका सबै नगरवासीलाई शुद्ध खानेपानी पुर्याउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गर्न लागेको हो । नगरप्रमुख कृष्णहरि महर्जनले तारकेश्वर नगरभित्रका सबै घरमा पानीसहितको ‘एक घर, एक धारा’ जडान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको बताएका छन् ।
यस्तै, नगरले आफ्नो आयश्रोतलाई वृद्धि गर्न करको दायरालाई फराकिलो बनाएर लैजाने बताएको छ । कतिपय सेवाग्राही हालसम्म पनि करको दायरामा नआएकाले केही शीर्षकमा कर छुट गरेर करको दायरालाई फराकिलो बनाउने नीति लिइएको नगरप्रमुख महर्जनले जानकारी गराएका छन ।यसैगरी, नगरको पहिलो कार्यपालिका बैठकले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउने निर्णय गरेको छ । नगरभित्र हाल २१ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

