नविना श्रेष्ठ / टाेखालाइभ डट कम
काठमाडौं / जेठ २९,२०७९ काठमाडौँ ।सपनतिर्थ क्षेत्र बिकास समितिको तेस्रो अधिबेशन कार्यक्रम सम्पन्न भएको छ। तेस्रो अधिबेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गरेका थिए । सपन द्यः खलको छाता संगठनको रुपमा रहेको सपनतीर्थ क्षेत्र विकास समितिको अध्यक्षमा देवराज डंगोल निर्वाचित भएका छन् ।
समितिमा लामो समय महत्त्वपूर्ण कार्य गरि योगदान दिइ सफल कार्यकाल सम्हाल्नु भएका अध्यक्ष अष्ट नारायण डंगोल लगायत समूहलाई बिदाई गरिएको थियो।भने श्री सपनतिर्थ क्षेत्र बिकास समितिको तेस्रो अधिबेशनबाट नयाँ टिम सर्वसम्मत चुनिनुभएको हो। सपनतीर्थ क्षेत्र विकास समितिका अध्यक्ष अष्ट नारायण डंगोलको अध्यक्षतामा शनिबार ऐतिहासिक महत्त्वपूर्ण धार्मिक धरोहर सपनतिर्थ मन्दिर परिसरमा सम्पन्न सपनतीर्थ क्षेत्र विकास समितिको तेस्रो महाधिवेशनले समाज सेवी देवराज डंगोलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा पञ्चलाल डंगोल, सचिवमा हेरकाजी डंगोल, सहसचिवमा श्रीमाया डंगोल कोषाध्यक्षमा शोखराज डंगोल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिद्धिलाल महर्जन, रामकृष्ण डंगोल, रमेश डंगोल, रोशन डंगोल, सुजिन्द्र डंगोल, आइतराज महर्जन आशामरु डंगोल र दिलकुमारी डंगोल चयन भएका छन् । समितिका नवनिर्वाचित अध्यक्ष देवराज डंगोलले सपन द्यः र परिसरको विकासको लागि आफु र आफ्नो टिम कटिबद्ध भएर लागि पर्ने बताए ।उनले १ दशक भन्दा अघिदेखि समितिको कोषाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आइरहेको बताउदै आगामी ३ वर्ष भित्र सपन द्यः परिसरको विकास प्रवर्द्धन र संम्वद्धनको लागि योजनाबद्ध ढंगले अगाडि बढ्ने बताए। कार्यक्रममा बिशिस्ट अतिथि ,अतिथिहरुले नव निर्वाचित कार्यसमिति समूहलाई हार्दिक हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइएका थिए।
कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले टोखामा रहेका धार्मिक सम्पदाहरुको एकृकीत योजना आवश्यक रहेको बताउदै नगरपालिकाले सके बजेट राख्ने , नगरले नसके प्रदेश र केन्द्रबाट भए पनि बजेट ल्याएर काम गरौँ भन्ने धारणा राख्नुभयो। उनी अगाडि भन्नुहुन्छ -“हामीले पाँच वर्षमा साँस्कृतिक क्षेत्रमा धेरै काम गरेका छौँ । अब त्यसलाई मुर्त रुप दिन बाँकी छ । ”
कार्यक्रमका बिशिस्ट अतिथि नगर उपप्रमुख मुरारी तामाङले टोखाको धार्मिक, सांस्कृतिक क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्थापन गरिने बताए ।
कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी,टोखा नगरपालिकाका नगर उपप्रमुख मुराली तामाङ , निवर्तमान नगर उपप्रमुख ज्ञानमाया डंगोल,टोखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,सदस्यहरु आर्यन डंगोल , अमर डंगोल, सविना श्रेष्ठ, टोखा मुल नाइके हेमराज श्रेष्ठ, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, नेवा गुथि तोखाका अध्यक्ष रमेश नापित लगायतको उपस्थिति रहेको थियो ।

