• TOKHA LIVE

    • २८ जेष्ठ २०७९, शनिबार २१:३२

    लायन्स क्लब ईन्टरनेसनलको संयुक्त रुपमा टाेखामा बृहत वृक्षारोपण सम्पन्न (फाेटाे फिचर )

    टाेखालाइभ डट कम/जेठ २८,२०७९

    लायन्स क्लब ईन्टरनेसनलले लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरको नेतृत्वमा अन्य ४ क्लबको संयुक्तरूपमा आज
    टाेखाको इन्द्रायणी सामुदायिक वनमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

    वातावरणलाई स्वच्छ, सफा र हराभरा राख्ने उद्देश्यले आज
    लायन्स क्लब ईन्टरनेसनलको सहकार्य तथा लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवर,लायन्स क्लब अफ टाेखा ,लायन्स क्लब अफ काठमाडौं चुनिखेल र लायन्स क्लब अफ शिवपुरीको संयुक्त आयोजनामा आज टाेखा नगरपालिका वडा ३ स्थित इन्द्रायणी सामुदायिक वनको पुर्व र पश्चिम भेगमा  बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

    लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट गभर्नर 325 A1 लायन रेवत बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको बृहत् वृक्षारोपण कार्यक्रममा बिशिस्ट अतिथी एम्बासडर लायन सुनिल भक्त श्रेष्ठको रोहवरमा विभिन्न प्रजातिका करिब १ सय ३५ थान विरूवाहरु रोपिएका छन् ।

    डिभिजन वन कार्यालयबाट बिरुवा सहयोग प्राप्त भएको वृक्षारोपण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रीक्ट गभर्नर 325 A1 लायन रेवत बहादुर कार्कीले बिरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

    कार्यक्रमका बोल्दै प्रमुख अतिथि डिष्ट्रीक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले लायन्स क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय वातावरण क्षेत्रमा बृहत कार्यक्रम आयोजना गर्दै वृक्षारोपण गरिरहेको बताए। वातावरण क्षेत्रमा बृहत कार्यक्रम गरेर क्लबले वृक्षारोपणलाई वार्षिक प्राथमिकतामा राखेको बताउदै
    समय अनुकुल हेरेर क्लबले नेपाल भरी ५० हजार बिरुवा रोप्ने योजनाका साथ क्लबको वार्षिक योजना अगाडि बढेको बताउनुभयो।साथै उहाले बृक्षारोपण गरिसकेपछी समयसमयमा गएर अबलोकन एबम संरक्षण गर्न अनुरोध गर्दै
    डिष्ट्रीक्ट गभर्नर कार्कीले ४ क्लबको संयुक्तरूपमा आयोजना गरिएको बृहत वृक्षारोपणको सराहनीय काम प्रति उच्च सम्मान व्यक्त गर्दै क्लबका अध्यक्षहरु लगायत क्लबका पदाधिकारीप्रती हार्दिक आभार प्रकट गर्नुभयो ।

    कार्यक्रममा बिशिस्ट अतिथी एम्बासडर लायन सुनिल भक्त श्रेष्ठले वातावरण संरक्षणको साथै वरपरका वातावरणलाई स्वच्छ, सफा र हराभरा तुल्याउन रोपेको रुख बिरुवालाई हुर्काउने दायित्व उत्तिकै रहने हुँदा ३ महिना सम्म रेखदेख गर्न क्लबका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा रुद्राक्ष , अमला,कागती , हरौ,तेजपात,कपुर ,धुपि र ज्याकस्ठा लगायतका ८ प्रकारका बिरूवाहरू रोपिएको
    लायन्स क्लब अफ टाेखाका 1st VP Lion सानुबाबु श्रेष्ठले जानकारी दिनु भयो ।

    बृहत वृक्षारोपण कार्यक्रममा लायन्स क्लब ईन्टरनेसनलका गभर्नर दिस्तिक गभर्नर लायन रेवत बहादुर कार्की ,बिशिस्ट अतिथी PDG  LIon सुनिल भक्त श्रेष्ठ ,अतिथि  DG Lion कर्मा गुरुङ लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरका अध्यक्ष सुनिल श्रेष्ठ ,लायन्स क्लब अफ टाेखाका अध्यक्ष सन्तलाल श्रेष्ठ ,लायन्स क्लब अफ काठमाडौं चुनिखेलका अध्यक्ष राजकुमार श्रेष्ठ  , लायन्स क्लब अफ शिवपुरीका अध्यक्ष रामराज डंगोल  , इन्द्रायणी सामुदायिक वनका अध्यक्ष सुर्यमान डंगोल , वनका पुर्व सचिव सुशान्त डंगोल लगायत लायन्स क्लबका विभिन्न शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै